एजेन्सी जेष्ठ २९ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वभर
मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ । साथै संक्रमितको संख्या ७४ लाख ४५ हजार पार भएको छ । यस्तै निको हुनेको संख्या ३७ लाख २५ हजार नाघेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १५ हजार १ सय ३० जना पुगेको छ । त्यहाँ संक्रमित २० लाख ६६ हजार नाघेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ३९ हजार ७ सय ९७ जना पुगेको भने संक्रमित ७ लाख ७५ हजार १ सय ८४ पुगेको छ ।
यसै गरी रुसमा ४ लाख ९३ हजार ६ सय ५७ संक्रमित छन् भने ६ हजार ३ सय ५८ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४१ हजार १ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ९० हजार १ सय ४३ जना संक्रमित छन् ।
स्पेनमा कुल २ लाख ८९ हजार ३ सय ६० संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो केही दिन यता कुनै मृत्यु भएको छैन ।
भारतमा २ लाख ८७ हजार १ सय ५५ जना संक्रमित छन् भने ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
ईटालीमा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ३५ हजार ७ सय ६३ जना जना संक्रमित छन् ।
पेरुमा २ लाख ८ हजार ८ सय २३ जना संक्रमित छन भने ५ हजार ९ सय ३ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८६ हजार ८ सय ६६ जना संक्रमित छन् भने ८ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ ।
ईरानमा १ लाख ७७ हजार ९ सय ३८ जना संक्रमित भएका छन् भने भने ८ हजार ५ सय ६जनाको मृत्यु भएको छ ।