अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्त्येष्टि, तर आन्दोलन जारी

अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको अन्त्येष्टि, तर आन्दोलन जारी

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

एजेन्सी जेष्ठ २८ । २५ मे मा प्रहरीले नियन्त्रणमा लिएर घाँटी थिचेर हत्या गरिएका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडको टेक्सासस्थित ह्युस्टन शहरमा अन्तिम संस्कार गरिएको छ ।

उनकै गृहनगरमा गरिएको अन्तिम संस्कारमा सहभागीहरुले नश्लिय हिंसाविरुद्ध एकजुट हुनुपर्ने आवाज उठाएका छन् ।

सहभागीहरुले फ्लोइडले न्याय नपाएसम्म आन्दोलन र प्रदर्शनहरु जारी राख्ने बताएका छन् ।

सहभागीहरुले फ्लोइडको हत्याले अमेरिकामा रहेको नश्लिय विभेदको चरम नमूना रहेको प्रतिक्रिया दिएका छन् ।

श्रद्धाञ्जली सभामा पूर्व अमेरिकी उपराष्ट्रपति जो वाइडेनले पीडितले न्याय पाउने बताएका छन् ।

उनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन फ्लोइड हत्या प्रकरणमा उदासिन रहेको आरोपसमेत लगाए ।

गत मे २५ मा निनियापोलिस शहरमा प्रहरीले नियन्त्रणमा लिने क्रममा घुँडाले फ्लोइडको घाँटीमा नौ मिनेट थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएको थियो ।

घटना लगत्तै उक्त प्रकरणमा सहभागी प्रहरीलाई बर्खास्त गरि कारवाही प्रक्रियाअघि बढाइएको अधिकारीहरुले जनाएका छन् ।
तर पनि अमेरीका युरोप, अष्ट्रेलिया सहित विश्वभर रंग र जातिभेद बिरुद्धको आन्दोलन जारी राख्ने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ