एजेन्सी जेष्ठ २८ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वभर पछिल्लो २४ घण्टामा ४७ सय ६१ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा बढी हो । २४ घण्टामा अमेरकिामा १ हजार ९७ जना र ब्राजिलमा मात्र ११ सय ८५ जनाको मृत्यु भएको छ ।
विश्वमा मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । साथै संक्रमितको संख्या ७३ लाख ७१हजार पुगेको छ । यस्तै निको हुनेको संख्या ३५ लाख ९४ हजार नाघेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १४ हजार १ सय ५२ जना पुगेको छ । त्यहाँ संक्रमित २० लाख ४५ हजार नाघेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ३८ हजार ४ सय ९७ जना पुगेको भने संक्रमित ७ लाख ४२ हजार पुगेको छ ।
यसै गरी रुसमा ४ लाख ८५ हजार २ सय ५३ संक्रमित छन् भने ६ हजार १ सय ४२ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८८ हजार ७ सय ९७ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो दुई दिन यता कुनै मृत्यु भएको छैन ।
बेलायतमा ४० हजार ८ सय ८३ जनाको मृत्यु भएको छ भने २ लाख ८९ हजार १ सय ४० जना संक्रमित छन् ।
भारतमा २ लाख ७६ हजार १ सय ४६ जना संक्रमित छन् भने ७ हजार ७ सय ५० जनाको मृत्यु भएको छ ।
ईटालीमा ३४ हजार ४३ जनाको मृत्यु भएको छ भने २ लाख ३५ हजार ५ सय ६१ जना जना संक्रमित छन् ।
पेरुमा २ लाख ३ हजार ४ सय ३६ जना संक्रमित छन भने ५ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८६ हजार ५ सय १६ जना संक्रमित छन् भने ८ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ ।
ईरानमा १ लाख ७५ हजार ९ सय २७ जना संक्रमित भएका छन् भने भने ८ हजार ४ सय २५ जनाको मृत्यु भएको छ ।