सुलेमानीको बारेमा जासुसी गरेर अमेरीकालाई जानकारी दिने व्यक्तिलाई फाँसी दिने ईरानको घोषणा

सुलेमानीको बारेमा जासुसी गरेर अमेरीकालाई जानकारी दिने व्यक्तिलाई फाँसी दिने ईरानको घोषणा

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेष्ठ २८ एजेन्सी । ईरानले अमेरीका र ईजरायललाई क्वाद फोर्सका कमाण्डर सुलेमानीको बारेमा गोप्य जानकारी दिने नागरिकलाई फाँसी दिने घोषणा गरेको छ । यसै बर्ष जनवरी ३ मा ईराकको राजधानी बगदादमा सुलेमानीलाई अमेरीकाले ड्रोन आक्रमण गरी हत्या गरेको थियो ।
अमेरीका र ईजरायलका लागि जासुसी गर्ने ती एजेन्ट महमुद मौसवी मज्द रहेको ईरानको न्यायिक प्रवक्ता गुलाम हुसेन ईस्माईलीले जानकारी दिएका छन् ।
ईस्माईलीले गार्ड र अप्रेसन युनिटका बारेमा जानकारी मज्दले शेयर गरेको दाबी गरेका छन् । उनी अमेरीकी जासुसी संस्था सिआईए र ईजरायलको जासुसी संस्था मोसादको एजेण्ट भएको समेत दाबी गरिएको छ ।
उनलाई कुन दिन फाँसी दिने भन्ने बारेमा जानकारी नदिए पनि स्माईलीले छिट्टै हुने प्रतिकृया दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जनवरी ३ मा ईराकी राष्ट्रपतिलाई भेट्न जादै गरेका सुलेमानीलाई विमानस्थलमै ड्रोनआक्रमण गरी अमेरीकाले हत्या गरे पछि संसारभरबाट अमेरीकाको बिरोध भएको थियो । त्यस पछि ईरानले बदला स्वरुप ईराक स्थित अमेरीकी सैन्य अड्डामा दर्जनौ क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ