भारतसगँ सीमा विवाद बढेका बेला चीनको हवाई तथा ग्राउन्ड सैन्य अभ्यास तीव्र(भिडियो सहित )

भारतसगँ सीमा विवाद बढेका बेला चीनको हवाई तथा ग्राउन्ड सैन्य अभ्यास तीव्र(भिडियो सहित )

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 28.2K
    SHARES

जेष्ठ २७ काठमाण्डौं । भारतसगँ सीमा विवाद समाधानका लागि कुटनीतिक र सैन्य स्तरमा बार्ता जारी रहेका बेला चीनीया जनमुक्ति सेनाले लगातार सैन्य अभ्यास तीव्र पारेको छ । चीनको सरकारी स्वामित्वमा रहेको ग्लोबल टाईम्सले जनमुक्ति सेनालाई उद्धत गर्दै अभ्यास जारी रहेको भन्दै दुई वटा भिडियो समेत सार्वजनिक गरेको छ ।

जुन भिडियोमा उत्तरपूर्वी चीनमा जनमुक्ति सेनाले अहिलेको सबै भन्दा अत्याधुनिक स्टेल्थ फाईटर जे–२० आकाशमा उडान गरेको देखिन्छ । यो चीनले पछिल्लो समय विकास गरेको युद्धक विमान हो । यसले हावाबाट हावामा, जमिन र तथा समुन्द्र जुनसुकै क्षेत्रमा आक्रमण गर्न सक्छ । साथै आकाशमै ईन्धन गर्न सकिने यो अत्याधुनिक लडाकु विमान हो ।
यस्तै जमिनमा पनि तोप गोलाको भारी बर्षा सहितको तीव्र अभ्यास गरेको ग्लोबल टाईम्सले अर्को भिडियो पनि सार्बजनिक गरेको छ ।
दुबै देशबीच लद्धाख, डोकलाम सहितका क्षेत्रमा बिबाद जारी छ । गत शनिबार मात्रै दुबै देशका सैन्य अधिकृत स्तरमा वार्ता भएको थियो । सन् १९६२ को युद्ध पछि पहिलो पटक सीमामा दुबै देशका सेना तथा हतियार केन्द्रीत हुन थालेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ