कोरोनाका कारण विश्वभर संक्रमितको संख्या ७१ लाख ८९ हजार नजिक, मृतकको संख्या ४ लाख ८ हजार माथि

कोरोनाका कारण विश्वभर संक्रमितको संख्या ७१ लाख ८९ हजार नजिक, मृतकको संख्या ४ लाख ८ हजार माथि

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

एजेन्सी जेष्ठ २७ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वमा मृत्यु हुनेको संख्या ४ लाख ८ हजार २ सय नाघेको छ । साथै संक्रमितको संख्या ७१ लाख ८९ हजार नजिक पुगेको छ । यस्तै निको हुनेको संख्या ३५ लाख ३० हजार नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १३ हजार ५० जना पुगेको छ । त्यहाँ संक्रमित २० लाख २६ हजार नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३७ हजार ३ सय १२ जना भने संक्रमित ७ लाख १० हजार ८ सय ८७ जना पुगेको छ ।

यसै गरी रुसमा ४ लाख ७६ हजार ६ सय ५८ संक्रमित छन् भने ५ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८८ हजार ७ सय ९७ संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४० हजार ५ सय ९७ जनाको मृत्यु भएको छ भने २ लाख ८७ हजार ३ सय ९९ जना संक्रमित छन् ।

भारतमा २ लाख ६५ हजार ९ सय २८ जना संक्रमित छन् भने ७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ ।

ईटालीमा ३३ हजार ९ सय ६४ जनाको मृत्यु भएको छ भने २ लाख ३५ हजार २ सय ७८ जना जना संक्रमित छन् ।

पेरुमा एक लाख ९९ हजार ६ सय ९६ जना संक्रमित छन भने ५ हजार ५ सय ७१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८६ हजार २ सय ५ जना संक्रमित छन् भने ८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ७३ हजार ८ सय ३२ जना संक्रमित भएका छन् भने भने ८ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ