उत्तर कोरीयाद्धारा दक्षिण कोरीयासगँ राजनीतिक तथा सैन्य सम्बन्त्र समाप्त पार्ने निर्णय

उत्तर कोरीयाद्धारा दक्षिण कोरीयासगँ राजनीतिक तथा सैन्य सम्बन्त्र समाप्त पार्ने निर्णय

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

जेष्ठ २७ एजेन्सी । उत्तर कोरीयाले प्रतिद्धन्दी छिमेकी दक्षिण कोरीयासगँको सैन्य तथा राजनीतिक सम्पर्क समाप्त पार्ने निर्णय गरेको छ । सीमा क्षेत्रमा उत्तर कोरीया बिरोधी पर्चाहरु बितरण भएको र त्यसलाई नरोकिएको भन्दै यस्तो निर्णय लिएको उत्तर कोरीयाली समाचार संस्था केसीएनएले जनाएको छ ।
समाचार अनुसार सबै भन्दा पहिला अन्तरकोरीयाली सम्पर्क कार्यलयको सञ्चार सम्पर्क बिच्छेद गरिने छ भने त्यस पछि दुई देशका राष्ट्रपति कार्यलयको बीचको हटलाईन समाप्त गरिने छ ।
उत्तर कोरीयाली जनता दक्षिण कोरीयाली अधिकारीहरुको विस्वासघाती व्यवहारबाट असन्तुष्ट बनेकाले यो निर्णय लिईएको समाचारमा उल्लेख छ ।
उत्तर कोरीयाली राष्ट्रपति किमको गरिमामा चोट पुर्याएको लगायतका बिषयमा पनि दक्षिण कोरीयामाथि आरोप लगाईएको छ ।
दक्षिण कोरीयामा उत्तरकोरीयाबाट भागेर पुगेका केही नागरिकले सीमा क्षेत्रबाट उत्तर कोरीयाली सरकार र राष्ट्रपतिलाई गाली गलौज गर्दै पर्चा लेखेर बेलुन उडाउने गरे पछि यस अघि पनि दक्षिण कोरीयालाई यो कदम रोक्न उत्तर कोरीयाकी किम पछिकी शक्तिशाली बहिनी किम यो जोगंले चेतावनी दिएकी थिईन् ।
सन् १९५३ मा विभाजित भएर दुई देश बने देखि नै उत्तर र दक्षिण कोरीयाबीच सम्बन्ध शत्रुतापूर्ण रहदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ