एजेन्सी जेष्ठ २६ । पाकिस्तानका रेल मन्त्री शेख रसिद अहमद कोरोना संक्रमित भएका छन् । रेल मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्री अहमदमा पोजेटिभ पाईएको तर पनि कुनै लक्षण भने नदेखिएकाले दुई साताका लागि सेल्प आईसोलेसनमा रहने जानकारी दिएको छ ।
पाकिस्तानमा कोरोना संक्रमितको संख्या एक लाख ३ हजार नाघेको छ भने दुई हजार बढीको मृत्यु भएको छ ।
उता भारतको दिल्ली सरकारका मुख्य मन्त्री अरबिन्द केजरीवाललाई पनि ज्वरो र घाटीमा समस्या देखिए पछि सेल्फ आईसोलेसनमा बसेका छन् । केजरीवालले सबै बैठक रद्ध गरेर कसैसगँ पनि भेटघाट नगरी आईसोलेसनमा बसेको र उनको भोली कोरोना परीक्षण हुने आजतकले जनाएको छ ।
भारतमा हाल सम्म २ लाख ५८ हजार बढी कोरोना संक्रमित छन् भने ७ हजार २ सय बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline