विश्वभर २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी

विश्वभर २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी जेष्ठ २६ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वमा मृत्यु हुनेको संख्या अन्य दिनको तुलनामा पछिल्लो २४ घण्टामा केही कम देखिएको छ । गत २४ घण्टामा ३ हजार ३ सय ७५ जनाको मृत्यु भएको छ । अघिल्लो दिन यति नै अवधिमा ४ हजार बढीको मृत्यु भएको थियो । २४ घण्टामा अमेरीकामा ३ सय ७३ जनाको मृत्यु भएको छ भने ब्राजिलमा ५ सय ४२ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा स्पेनमा एक जना , भारतमा २ सय ६१ जना, रुसमा एक सय ३४ जना , बेलायतमा ७७ , ईटालीमा ५३ र पेरुमा १ सय ६४ जनाको मृत्यु भएको खबर छ ।
जसमा बिश्वभर कोरोनाका कारण हाल सम्म मृत्यु हुनेको संख्या ४ लाख ५ हजार
७४ जना पुगेको छ भने संक्रमित ७० लाख ८१ हजार ५ सय ९४ पुगेको छ । यस्तै निको हुनेको संख्या ३४ लाख ५४ हजार नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या सएक लाख १२ हजार ४ सय ६९ ९५ पुगेको छ । त्यहाँ संक्रमित २० लाख ७ हजार नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३६ हजार ४ सय ९९ जना भने संक्रमित ६ लाख ९१ हजार ९ सय ६२ जना पुगेको छ ।

यसै गरी रुसमा ४ लाख ६७ हजार ६ सय ७३ संक्रमित छन् भने ५ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८८ हजार ६ सय ३० संक्रमित छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४० हजार ५ सय ४२ जनाको मृत्यु भएको छ भने २ लाख ८६ हजार १ सय ९४ जना संक्रमित छन् ।

भारतमा २ लाख ५७ हजार ५ सय ६ जना संक्रमित छन् भने ७ हजार २ सय ७ जनाको मृत्यु भएको छ ।

ईटालीमा ३३ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार ९ सय ९८ जना जना संक्रमित छन् ।

पेरुमा एक लाख ९६ हजार ५ सय १५ जना संक्रमित छन भने ५ हजार ४ सय ६५ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८५ हजार ८ सय ६९ जना संक्रमित छन् भने ८ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ७१ हजार ७ सय ८९ जना संक्रमित भएका छन् भने भने ८ हजार २ सय ८१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ