एजेन्सी जेष्ठ २६ । भारत नियन्त्रित कास्मीरमा सुरक्षाफैजले आतंकवादी भन्दै ५ जना निर्दोष मान्छे मारेको भन्दै लकडाउनकै बीच कास्मीरका हजारौ मानिसहरुले भारत सरकार विरुद्ध प्रदर्शन गरेका छन् ।
कास्मीरका विभिन्न शहरमा भारत बिरुद्ध नाराबाजी गर्दै सडकमा निस्किएका प्रदर्शनकारीमाथि प्रहरीले पेलेट गन र अश्रग्यास प्रहार गरेको अलजजिराले जनाएको छ ।
पेलेट गनले बर्षौदेखिको प्रदर्शनका क्रममा सयौँ मानिसहरुको आखा गुमेको छ ।
यस अघि हिजो भारतले पाच जना आतकवादी मारेको खबर प्रशारण गरेको थियो । ती मारिएका सबै मानिस कास्मिरका निर्दोष मानिस रहेको आन्दोलनकारीले बताएका छन् ।
गत बर्ष अगष्ट ५ मा धारा ३ सय ७० निलम्बन गरेर मोदी सरकारले कास्मीरलाई भारतीय मानचित्रमा गाभेपछि त्यहाँ आन्दोलन चलिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline