विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दरमा कमी

विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दरमा कमी

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, २५ जेठ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)  ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ ।

शनिबार साँझसम्म विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण दर गतसाताभन्दा ७५ प्रतिशतले कमी आएको जनाइएको छ ।

एनआरएनएका संयोजक डा सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चारजना, कुबेत र युकेमा एक/एक गरी ६ जनाले ज्यान गुमाएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।

सरकारले मित्रराष्ट्र भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने कार्यको शुरुआतको सो सस्थाले स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताउनुभयो ।

सरकारले लकडाउन भएको ७४ दिनपछि सरकारले पहिलोपटक बर्मा २६ र युएईबाट १६८ जना नेपाली फर्काएको छ । विदेशबाट नेपाल फर्किन लागेका अन्य नेपालीको फिर्ता प्रक्रियालार्ई व्यावहारिक बनाउन उसले आग्रह समेत गरेको छ ।

उहाँले नेपालीको फिर्तीका लागि भोगेका समस्याका बारेमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलसँग छलफल गर्ने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी