ईन्दीरा गान्धीको आदेशमा भएको शिखमाथिको त्यो नरसंहार, जसका बिरुद्ध अझै पनि क्यानडादेखि बेलायतसम्म उठिरहेको छ आवाज

ईन्दीरा गान्धीको आदेशमा भएको शिखमाथिको त्यो नरसंहार, जसका बिरुद्ध अझै पनि क्यानडादेखि बेलायतसम्म उठिरहेको छ आवाज

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी जेष्ठ २५ । सन् १९८४ मा ३६ बर्ष अघि तात्कालीन भारतीय प्रधानमन्त्री ईन्दीरा गान्धीले अल्पसंख्यक शिख समुदायलाई हिशात्मक नरसंहार गरेको अप्रेसन ब्लु स्टारको आज पनि बेलायदेखि क्यानडाको संसदमा कुरा उठीरहेको छ ।
अमृतसरको स्वर्ण मन्दिरमा बसेका शिखहरुलाई सेना लगाएर सयौँको संख्यामा गान्धीको आदेशमा हत्या गरिएको थियो ।
क्यानडाको सत्तारुढ लेवर पार्टीकी सांसद रुबी साहोतीले त्यहाँको संसदमा बोल्दै यो नरसंहार शिखहरुका लागि सबै भन्दा कालो समय भएको भन्दै आवाज उठाईन् ।
उनले आफू अल्पसंख्यक शिख र अन्य न्याय चाहने अल्पसंख्यकको पक्षमा रहेको समेत बताईन् ।
त्यस अघि बेलायती संसदमा समेत भारतीय मुलका सांसद तनमनजीत सिंह ढेसीले त्यस घटनालाई मानवअधिकार उलंघन भन्दै बिरोध जनाएका थिए ।
उनी बिपक्षी लेबर पार्टीका सांसद थिए ।
के भएको थियो शिख बिरुद्ध ?
१९८४ को सिख विरोधी हिंसाको जडलाई सन् १९८३ को मध्यमा पंजाब राज्यमा स्थापना भएको अलगाववादी सशस्त्र विद्रोहीहरुको शक्ति बढ्दै जाँदा लडाकूहरूले दिल्ली र अन्य उत्तरी शहरहरूमा हिंसात्मक आक्रमण गर्न थाले। १९८३ मा, आन्दोलनका नेता जरनैल सिंह भिन्द्रनवाले र उनका केही प्रमुख अनुयायीहरू पक्राउबाट बच्नको लागि पंजाबको अमृतसरमा रहेको सबैभन्दा सिख मन्दिरहरू र गोल्डेन मन्दिरमा शरण लिए ।
जून १९८४ मा तत्कालीन प्रधानमन्त्री इंदिरा गान्धीले भारतीय सेनालाई सिख योद्धाहरूलाई मन्दिरबाट बाहिर निकाल्ने आदेश दिईन । यस सैन्य अप्रेसनमा ५ सय बढी शिख नागरिकहरु मारिए ।
त्यस पछि अक्टूबर, १ मा दुई सिख रक्षकहरूले शिखहरुमाथिको नरसंहारको बदलामा नयाँ दिल्लीको निवासमा गान्धीको हत्या गरे। उनको हत्याले रोष प्रहार गर्यो र तीन दिनको पाशविक हमलामा २८ सय बढी शिखको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ