रुकुममा हत्या गरिएका नवराज बिकलाई सांस्कृतिक शहीद घोषणा गर्न बेलायतमा रहेको सिर्जनशील नेपाली समाजको माग

रुकुममा हत्या गरिएका नवराज बिकलाई सांस्कृतिक शहीद घोषणा गर्न बेलायतमा रहेको सिर्जनशील नेपाली समाजको माग

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

जेष्ठ २५ लण्डन । बेलायतमा रहेको नेपाली समाजले पश्चिम रुकुममा सामुहिक रुपमा हत्या गरिएका नबराज बिक सहितलाई सांस्कृतिक शहीद घोषणा गर्न माग गरेको छ ।
समाजका अध्यक्ष भक्त दर्जी, उपाध्यक्ष दिल नेपाली, महासचिव अमर बिक र एनआरएनए पूर्व उपाध्यक्ष शेर सुनारले एक सयुक्त विज्ञप्ति जारी गरी जेष्ठ १० गते मानवताविरोधी अपराधको रुपमा घटेको उक्त घटनाका दोषीहरुलाई कडा कार्बाही गर्न पनि माग गरेका छन् ।
तथाकथित उपल्लो जातिका भनिएकाहरुले गाँउनै उल्टिएर एक दलित युवा नवराज र उनका साथीहरुको हत्या गरेको भन्दै विज्ञप्तिमा घटनाको निष्पक्ष छानविन र कार्बाहीको माग गरिएको छ ।
नेपालमा जातिय भेदभावलाई दन्डनीय मानिसएको ५७ बर्ष भईसक्दा पनि समाजमा अझै यस्तो किसिमको भेदभाव र हिशात्मक उत्पीडन कायम रहेकोमा समाजले चिन्ता व्यक्त गरेको छ ।

समाजले पश्चिम रुकुममा गाँउलेको आक्रमणमा परी हत्या भएका जाजरकोटमा नबराज बिक सहित ६ जनाकै परिवारलाई ५०–५० हजारका दरले आर्थिक सहयोग समेत पठाएको छ । यसमा समाजका पदाधीकारी र सदस्यहरुले योगदान गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी