विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख नाघ्यो

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी जेष्ठ २५ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वमा मृत्यु हुनेको संख्या चार लाख नाघेको छ । गत २४ घण्टामा ४ हजार बढीको मृत्यु भएसगँै यो संख्या बढेर चार लाख एक हजार नाघेको छ । यस्तै संक्रमित ६९ लाख ६६ हजार नाघेको छ । निको हुनेको संख्या पनि ३४ लाख ४ हजार नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या सएक लाख १२ हजार ९५ पुगेको छ । त्यहाँ संक्रमित १९ लाख ८८ हजार ३ सय १५ पुगेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३५ हजार ९ सय ५७ जना भने संक्रमित ६ लाख ७३ हजार ५ सय ८७ जना पुगेको छ ।

यसै गरी रुसमा ४ लाख ५८ हजार ६ सय ८९ संक्रमित छन् भने ५ हजार ७ सय २५ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८८ हजार ३ सय ९० संक्रमित छन् भने २७ हजार १ सय ३५ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४० हजार ४ सय ६५ जनाको मृत्यु भएको छ भने २ लाख ८४ हजार ८ सय ६८ जना संक्रमित छन् ।

भारतमा २ लाख ४६ हजार ६ सय २२ जना संक्रमित छन् भने ६ हजार ९ सय ४६ जनाको मृत्यु भएको छ ।

ईटालीमा ३३ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार ८ सय १ जना जना संक्रमित छन् ।

पेरुमा एक लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन भने ५ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८५ हजार ६ सय ९६ जना संक्रमित छन् भने ८ हजार ७ सय ६९ जनाको मृत्यु भएको छ ।

ईरानमा १ लाख ६९ हजार ४ सय २५ जना संक्रमित भएको छ भने ८ हजार २ सय ९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ