राट्रपति ट्रम्पको गल्फ रिसोर्ट बाहिर समेत पुगे प्रदर्शनकारी

राट्रपति ट्रम्पको गल्फ रिसोर्ट बाहिर समेत पुगे प्रदर्शनकारी

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी जेष्ठ २५ । मे २५ तारिखमा एक निहत्था काला नागरिक जर्ज फ्लेईडको प्रहरीले गरेको बर्बर हत्याको बिरुद्ध शुरु भएको जातिय विभेद बिरुद्धको आन्दोलनले अमेरीकाभर उग्र रुप लिदै गएका बेला प्रदर्शनकारीहरु ट्रम्पको गल्फ रिसोर्ट बाहिर समेत पुगेर विरोध गरेका छन् ।
फ्लोरीडामा ट्रम्पको गल्फ रिसोर्ट बाहिर प्रदर्शन भएको अल जजिराले जनाएको छ । आज मेनियापोलिस लगायतका राज्यमा जर्जप्रति मौन धारण गर्दै आन्दोलनकारी जम्मा भएको बताईएको छ । त्यसै गरी राजधानी वासिंग्टन डिसि सहितका क्षेत्रमा समेत प्रदर्शनकारीहरु जम्मा भएका छन् ।
उनीहरुले काला मानिसको जीवनको पनि महत्व छ भन्दै प्रदर्शन जारी राखेका हुन् । १२ दिन देखि चलेको हिंशात्मक प्रदर्शनका क्रममा दश हजार बढी पक्राउ परीसकेका छन् भने सयौ घाईते छन् ।
न्याय र जातिवादको बिरुद्ध भन्दै बेलायत , ग्रिस लगायत अमेरीका बाहिर पनि हजारौको संख्यामा जम्मा भएर प्रदर्शन चलिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ