एजेन्सी जेष्ठ २४ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना बिरुद्ध २० लाख भ्याक्सिन तयार भएको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले यो भ्याक्सिन प्रयोगका लागि तयार रहेको भन्दै अब वैज्ञानिकले यसलाई सुरक्षित र प्रभावकारी छ भनेर प्रमाणिकरण गर्ने प्रतिक्षा रहेको बताए ।
तर वैज्ञानिकहरुले उक्त भ्याक्सिा सुरक्षित रहे नरहेको बारे एकीन गरेका छैनन् । यति ठुलो संख्यामा मानिसहरुमा परीक्षण गर्नका लागि वैज्ञानिकरुको अनुमति जरुरी हुन्छ ।
ट्रम्पले कुन कम्पनीले बनायो भन्ने खुलाएनन् भने कहिले सम्म प्रयोगमा आउछ भन्ने समेत निश्चित गरेनन् ।
अमेरीकी वैज्ञानिक डा. एन्थोनी फौसीले ट्रम्पको यस भनाईप्रति टिप्पणी नगर्ने बताए ।
फौसीले केही दिन अघि आउने बर्ष सम्ममा भ्याक्सिन तयार हुन सक्ने बताएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline