२४ घण्टामा विश्वभर एक लाख ३० हजार बढी कोरोना संक्रमिथ थपिए

२४ घण्टामा विश्वभर एक लाख ३० हजार बढी कोरोना संक्रमिथ थपिए

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी जेष्ठ २४ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वमा २४ घण्टामा एक लाख ३० हजार बढी संक्रमित थपिएका छन् । २४ घण्टामा एक लाख ३० हजार २ सय ६८ जना थपिएको देखिएको छ । यस्तै यही अवधिमा ४ हजार ९ सय १ जनाको ज्यान गएको छ । मृत्यु भने अघिल्लो दिनको तुलनामा केही कमी हो ।
सबै भन्दा धेरै ब्राजिलमा ३० हजार बढी र अमेरीकामा मात्रै २५ हजार बढी संक्रमित थपिएका छन् । त्यस्तै भारतमा ९ हजार र रुसमा ८ हजार बढी संक्रमित थपिएका छन् ।

हाल सम्म विश्वमा कोरोनाका कारण मृतकको संख्या ३ लाख ९७ हजार हजार ४ सय ४१ पुगेको छ भने संक्रमितको संख्या ६८ लाख ३९ हजार २ सय ४४ पुगेको छ । यसै गरी निको हुनेको संख्या ३३ लाख २९ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ११ हजार ३ सय ८५ पुगेको छ । त्यहाँ संक्रमित १९ लाख ६५ हजार ५ सय ५१ पुगेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३५ हजार ४७ जना भने संक्रमित ६ लाख ४६ हजार ६ जना पुगेको छ ।

यसै गरी रुसमा ४ लाख ४९ हजार ८ सय ३४ संक्रमित छन् भने ५ हजार ५ सय २८ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८८ हजार ५८ संक्रमित छन् भने २७ हजार १ सय ३४ जनाको मृत्यु भएको छ ।
बेलायतमा ४० हजार २ सय ६१ जनाको मृत्यु भएको छ भने २ लाख ८३ हजार ३ सय ११ जना संक्रमित छन् ।

भारतमा २ लाख ३६ हजार १ सय ८४ जना संक्रमित छन् भने ६ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ ।

ईटालीमा ३३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार ५ सय ३१ जना जना संक्रमित छन् ।

पेरुमा एक लाख ८७ हजार ४ सय जना संक्रमित छन भने ५ हजार १ सय ६२ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८५ हजार ४ सय १४ जना संक्रमित छन् भने ८ हजार ७ सय ६३ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ६८ हजार ३ सय ४० जना संक्रमित भएको छ भने ४ हजार ६ सय ४८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ