एजेन्सी जेष्ठ २४ । गत मे २५ तारिखमा सामान्य मुद्धामा पक्राउ गरिएका काला नागरिक जर्ज फ्लेईडलाई घाँटी थिचेर निर्ममतापुर्वक प्रहरी अधिकारीले हत्या गरेको भिडियो भाईरल बने पछि शुरु भएको आन्दोलनले अमेरीकामा थप संकट पैदा गर्दै गएको छ ।
आन्दोलनका क्रममा प्रहरी दमन बढेको थप भिडियो तथा समाचारहरु सार्वजनिक भए सगैँ प्रहरी अधिकारीहरुमाथि कार्बाही र राजीनामाको क्रम पनि बढेको छ ।
पछिल्लो पटक न्युयोर्कमा एक ७५ बर्षे बृद्धलाई बाटोमा धकेलेर लडाएका र त्यस पछि उनी बेहोस् भए पछि वास्ता नगरी हिडेको अर्को भिडियो भाईरल बने पछि न्यूयोर्कका बफेलोका २ प्रहरी अधिकृतलाई कार्बाही गरिए पछि अन्य ५७ जनाले राजीनामा दिएका छन् ।
न्यूयोर्कका गभर्नर एन्ड्रीउ कुमोले त्यस घटनालाई गैर न्यायिक भएको प्रतिकृया समेत दिएका छन् ।
देशभर आन्दोलन चर्किरहेका बेला प्रहरीअधिकारीमाथि कार्बाही र राजीनामाले थप संकट पैदा भएको छ । डेली मेलका अनुसार प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिए पछि चरम यातना दिएका, कुटपिट गरेका अमानवीयत तरीकाले दुरव्यवहार गरेका भिडियोहरु सार्वजनिक भएका छन् ।
अमेरीकाको मे २५ बाट शुरु भएको आन्दोलनका क्रममा १० हजार बढी पक्राउ परेका छन् भने संयौ घाईते भएका छन् ।