अमेरीकामा अस्वेत नागरिक मारिएको विरुद्ध चलेको आन्दोलनमा दमन गरेको भन्दै राष्ट्रपति ट्रम्प बिरुद्ध मुद्धा दायर

अमेरीकामा अस्वेत नागरिक मारिएको विरुद्ध चलेको आन्दोलनमा दमन गरेको भन्दै राष्ट्रपति ट्रम्प बिरुद्ध मुद्धा दायर

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

एजेन्सी जेष्ठ २३ । अमेरीकामा २५ मईमा प्रहरीद्धारा पासविक तरीकाले जर्ज फ्लेईडको हत्या गरेको बिरोधमा चलेको आन्दोलन दबाउन उकासेर संवैधानिक अधिकार हनन गरेको भन्दै राष्ट्रपति ट्रम्ब बिरुद्ध मुद्धा दायर भएको छ ।
जनअधिकार समुहहरुले ह्वाईट हाउस अगाडी शान्तिपूर्ण प्रदर्शन गरीरहेका नागरिकमाथि रबरको गोली र अश्रुग्यास प्रहार गर्न उकासेको भन्दै ट्रम्प बिरुद्ध मुद्धा दायर गरेको गार्जियनले उल्लेख गरेको छ ।
बाईबल हातमा बोकेर ह्वाईट हाउसमा उभिएका ट्रम्पले आफू चर्च जाने बाटो खुलाउने नाममा दमन गर्न उक्साएको जिकिर मुद्धामा गरिएको सिएनएनले जनएको छ ।
सिविल लिबर्टीज यूनियन ऑफ डिस्ट्रिक्ट ऑफ कोलंबिया (एसीएलयू) सहित अन्य चार वटा समुहले मुद्धा दायर गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
ट्र्रम्पको आदेशमा भएको हमललाई अधिकारवादीहरुले आपराधीक हमला र सविधानको उलंघन भनेका छन् ।
युनियनका निर्देशक स्कट मिसेलम्यानले ट्रम्पले बैचारिक असहमतिका कारण कुनै पनि उक्साहटपूर्ण गतिविधि बिनै आपराधीक हमला गराएर संविधानको मुल्यमाथि प्रहार गरेको जिकिर गरेका छन् ।
जर्ज फ्लेईडको हत्या पछि अमेरीकाभर आन्दोलन जारी छ । यस क्रममा १० हजार बढी प्रदर्शनकारी नियन्त्रणमा लिईएको छ भने सयौं घाईते भएका छन् । यस क्रममा प्रहरीका अरु ज्यादती समेत बढेको छ ।
ट्रम्पले प्रदर्शन नियन्त्रणमा नआए सेना परिचालन गर्न सक्ने धम्की समेत दिईसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ