एजेन्सी जेष्ठ २३ । उत्तरकोरीयाका शक्तिशाली राष्ट्रपति किम जोगं उनकी बहीनी किम यो जोगं अहिले चर्चाको शिखरमा छिन् र किम बिरामी भएको वा वेपत्ता भएको हल्लासगैँ वैकल्पिक उत्तराधिकारीको रुपमा चर्चामा आएकी किम यो अहिले विभिन्न राजनीीतक वक्तव्य समेत दिन थालेकी छन् ।
हालै किम यो जंगले उत्तरकोरीयाबाट पलायन भएका केही नागरिकले उत्तरकोरीया बिरुद्ध नारा लगाएको सार्वजनिक भए पछि उनले देशका धोकेबाज। मानव मल र दोगला कुकुरको संज्ञा दिदै दक्षिण कोरीयालाई ती नागरिक विरुद्ध कार्बाही गर्न चेतावनी दिएकी थिईन् ।
डेली मिररका अनुसार शुरुमा दक्षिण कोरीयाले उक्त प्रस्ताव खारेज गर्दै अस्वीकार गरे पनि फेरी उनले दक्षिण कोरीयासगँको सैन्य सम्झौता रद्ध गर्ने चेतावनी दिए लगत्तै दक्षिण कोरीयाले किमको उक्त प्रस्ताव स्वीकार गर्दै सिमा क्षेत्रमा गएर विरोध गर्ने उत्तर कोरीयाली नागरिकलाई कार्बाही गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
उत्तरकोरीयाबाट दक्षिण कोरीयासगँ डिल गर्ने मुख्य पात्र किम रहदै आएकी छन् ।
उनी किम जस्तै शक्तिशाली र किम भन्दा अझ कडा र आक्रामक रबैयाको रहेको बताईन्छ ।