विश्वभर कोरोनाको मृत्युदर फेरी बढ्यो , २४ घण्टामा ५ हजार ३ सय बढीको मृत्यु

विश्वभर कोरोनाको मृत्युदर फेरी बढ्यो , २४ घण्टामा ५ हजार ३ सय बढीको मृत्यु

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी जेष्ठ २३ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण विश्वमा दैनिक मृत्युदरमा फेरी बृद्धि भएको छ । अघिल्ला दिनहरुको तुलनामा फेरी मृत्यु संख्या बढेर २४ घण्टामा ५ हजार ३ सय ३६ जनाको
मृत्यु भएको वल्र्ड मिटरको तथ्यांकले देखाएको छ । सबै भन्दा धेरै पछिल्लो २४ घण्टामा ब्राजिलमा १३ सय भन्दा बढी र अमेरीकामा एक हजार भन्दा बढी रहेका छन् ।
हाल सम्म विश्वमा कोरोनाका कारण मृतकको संख्या ३ लाख ९२ हजार १ सय २३ पुगेको छ भने संक्रमितको संख्या ६६ लाख ८८ हजार ८ सय १४ पुगेको छ । यसै गरी निको हुनेको संख्या ३२ लाख ५८ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख १० हजार १ सय ७१ पुगेको छ । त्यहाँ संक्रमित १९ लाख २३ हजार ६ सय नाघेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३३ हजार ८ सय ८४ जना भने संक्रमित ६ लाख १२ हजार ८ सय ६२ पुगेको छ ।

यसै गरी रुसमा ४ लाख ४१ हजार १ सय ८ संक्रमित छन् भने ५ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८७ हजार ७ सय ४० संक्रमित छन् भने २७ हजार १ सय ३३ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३९ हजार ९ सय ४ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ९ सय ४ जना संक्रमित छन् ।

ईटालीमा ३३ हजार ६ सय ८९ जनाको मृत्यु भएको छ भने २ लाख ३४ हजार १३ जना जना संक्रमित छन् ।

भारतमा २ लाख २६ हजार ७ सय १३ जना संक्रमित छन् भने ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८४ हजार ९ सय २३ जना संक्रमित छन् भने ८ हजार ७ सय ३६ जनाको मृत्यु भएको छ ।

पेरुमा एक लाख ८३ हजार १ सय ९८ जना संक्रमित छन भने ५ हजार ३१ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ६७ हजार ४ सय १० जना संक्रमित भएको छ भने ४ हजार ६ सय ३० जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ