एजेन्सी जेष्ठ २३ । भारतको दिल्ली स्थित एम्स अस्पतालका नर्सहरुले पिपिईबाट संक्रमण र एलर्जी जस्ता समस्याहरु देखिएको भन्दै हड्तालमा उत्रिएका छन् ।
उनीहरुले पिपिईमा काम गर्नु एक पोलेथिन ब्यागमा रहेर काम गर्नु जस्तै भएको र न केही खान सकिने, न बाथरुम जान सकिने र त्यसले ईन्फेक्सनको नयाँ बाटो बनिरहने भन्दै चिन्ता जनाएका छन् ।
खास गरी महिला नर्सहरुमा युटिआई देखि छालाहरुमा समेत ईन्फेक्सन भईरहेको भन्दै अस्पताल प्रशासनलाई जानकारी गराए पनि सुनुवाई नभएको भन्दै एम्स स्थित नर्स युनियनले बिरोध प्रदर्शन शुरु गरेको हो ।
उनीहरुले पिपिई किटसगँ काम गर्ने अवधि घटाएर ४ घण्टा बनाउन पनि माग गरेका छन् ।
नर्सहरुले आन्दोलन शुरु गरेको ५ दिनमा पनि कुनै सुनुवाई नभएको भन्दै उनीहरुले सामाजिक दुरी कायम राखेर आन्दोलन जारी राख्ने बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline