एजेन्सी जेष्ठ २२ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको दिनहुँ बढिरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ४४ सय २८ जनाको मृत्यु भएको छ । हाल सम्म विश्वमा कोरोनाका कारण मृतकको संख्या ३ लाख ८६ हजार २ सय ८७ पुगेको छ भने संक्रमितको संख्या ६५ लाख ५४ हजार ६ सय १५ पुगेको छ । यसै गरी निको हुनेको संख्या ३१ लाख ५७ हजार पुगेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ९ हजार १ सय २७ पुगेको छ । त्यहाँ संक्रमित १९ लाख पार भएको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ३२ हजार १ सय १७ जना भने संक्रमित ५ लाख ७७ हजार ४ सय १३ पुगेको छ ।
यसै गरी रुसमा ४ लाख ३२ हजार २ सय ७७ संक्रमित छन् भने ५ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८७ हजार ४ सय ६ संक्रमित छन् भने २७ हजार १ सय २८ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३९ हजार ७ सय २८ जनाको मृत्यु भएको छ भने २ लाख ७९ हजार ८ सय ५६ जना संक्रमित छन् ।
ईटालीमा ३३ हजार ६ सय १ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार ८ सय ३६ जना संक्रमित छन् ।
भारतमा २ लाख १६ हजार ८ सय २४ जना संक्रमित छन् भने ६ हजार ८८ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८४ हजार४ सय २५ जना संक्रमित छन् भने ८ हजार ६ सय ९९ जनाको मृत्यु भएको छ ।
पेरुमा एक लाख ७८ हजार ९ सय १४ जना संक्रमित छन भने ४ हजार ८ सय ९४ जनाको मृत्यु भएको छ ।
टर्कीमा १ लाख ६६ हजार ४ सय २२ जना संक्रमित भएको छ भने ४ हजार ६ सय ९ जनाको मृत्यु भएको छ ।