जेष्ठ २१ एजेन्सी । आपसमा युद्ध भएको ५८ बर्ष पछि पहिलो पटक चीन र भारत दुबै देशले सेना र हतियार एवं युद्ध बन्दोबस्तीका सामानहरु धमाधम केन्द्रीत गरीरहेका छन् ।
लद्धाखको सीमा विवाद चुलिदै गर्दा ड्रोन सहित अत्याधुनिक हतियार, बख्तरबन्द गाडी जस्ता युद्ध उपकरण तैनाथ गरेको चीनीया जनमुक्ति सेनाले ४७ सय मिटर अग्लो हिमालमा रातभर हाई अल्टिच्युड युद्धाभ्यास गरे पछि भारतमा चिन्ता बढेको छ ।
चीनीया जनमुक्ति सेनाले स्थानीय समय अनुसार मध्यराति १ बजे तेंगुला माउन्टेनमा सबै सैन्य उपकरण, गाडीले लाईट अफ् गरेर नाईट भिजन उपकरणहरु प्रयोग गरेर युद्ध अभ्इास गरेको सिसिटिभीले उल्लेख गरेको छ । जसमा शत्रुको एउटा हेडक्वार्टर बनाएर अध्यारो परिस्थितिमा पनि उसका निशानाहरुलाई तहस नहस पार्न यस्तो अभ्यास भएको जनमुक्ति सेनाको स्रोतलाई उल्लेख गर्दै ग्लोबल टाईम्स्ले लेखेको छ ।
२ हजार मोर्टार सेल, राईफल। ग्रिनेड सहित उपकरण प्रयोग भएको यो अभ्यासले सबै भन्दा कठिन परिस्थितिमा कसरी लड्ने , शत्रुलाई कसरी ध्वस्त पार्ने भन्ने अनुभव गर्न अभ्यास भएको उक्त अनलाईनले समाचार लेखेको छ ।
यसका अतिरिक्त उच्च हिमाली क्षेत्रमा लड्दा अक्सिजनको कमी, हिम स्खलन, जस्ता विविध समस्याहरुको पनि पूर्व तयारी गर्ने अभ्यास गरिएको छ ।
दुबै देशले कुटनीतिक एवं सैन्य च्यानलमार्फत बार्ता र सहमतिको पहल गरे पनि युद्धको तयारी साथ साथै भईरहेको छ ।
चीनले यस अघि अत्याधुनिक ड्रोन, आर्मर भेईकल्स, जस्ता नया र अत्याधुनिक हतियारहरु तैनाथ गरीसकेको छ ।
यस्तै भारतले पनि सेनाको संख्या र आर्टिलरी हतियारहरुको संख्या बिस्तार गरीरहेको जनाईएको छ ।
भारतीय रक्षा मन्त्री राजनाथ सिहंले आफूहरुको पनि पूरा तयारी रहेको बताए पनि बार्ताबाट समस्याको समाधान हुने विस्वास व्यक्त गरेका छन् ।
एक टेलिभिजनसगँ कुरा गर्दै उनले डोकलाम लगायतका क्षेत्रको विवाद पनि वार्ताबाट समाधान भएको उदाहरण पेश गरेका छन् ।