जापानमा ९३ प्रतिशत भन्दा बढी नेपाली विधार्थीहरु आर्थिक समस्यामा जापानमा अध्यनरत नेपाली

जापानमा ९३ प्रतिशत भन्दा बढी नेपाली विधार्थीहरु आर्थिक समस्यामा जापानमा अध्यनरत नेपाली

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

बिधार्थीहरुमा कोरोनाको प्रभाव बारे गरिएकाे सर्भेक्षण अनुसार९३% भन्दा बढि बिधार्थी आर्थिक समस्यामा रहेकाे तथ्यांक सार्बजानिक भएकाे छ ।नेपाली इन जापानकाे सहयाेगमा जिज्ञान कुमार थापाले गरेकाे सर्बेक्षण अनुसार याे तथ्यांक भर्खरै सार्बजानिक भएकाे हाे ।

जापानको जापानी भाषा स्कुल, कलेज वा बिश्वबिधालयमा गरी कुल २६,३०८जना नेपाली बिधार्थी रहेको जास्सो (जापान बिधार्थी सहयोग नियोग) ले जनाएको छ। यो जापानमा रहेका बिदेशी बिधार्थीहरुमा चीन, भियतनाम पछि तेस्रो ठुलो संख्यामा पर्दछ। अन्य एशियाली मुलुकहरुका बिधार्थी झैं हाम्रा बहुसंख्यक नेपाली बिधार्थीहरु पनि जापानमा अध्यनको साथ साथै पार्ट टाइम काम गरेर बिधालयको फिस तिर्ने र जीवन यापनमा लाग्ने खर्च जुटाउने गरेको बिगतका अध्यन अनुशन्धानले पनि देखाएको छ।

तसर्थ हाल विश्वमा फैलिएको कोरोना भाइरस र जापानमा आपतकालको घोषणा भएयता बिधार्थीहरुको काममा वा पढाइमा के कस्ता असरहरु देखिएका छन भन्ने हेतुले यो अनुशन्धान गरिएको हो। यसको निचोडले बिधार्थीबर्गमा आवश्यक सहयोग जुटाउन र जापानी तथा नेपाली मिडियाहरुमा नेपाली बिधार्थीहरुको अवस्थाबारे जानकारी दिन उपयोगी हुने बिश्वास लिएका छौ।

अनुशन्धानको लक्षित बर्ग: जापानको शिक्षण संस्थामा रहेर अध्यनरत नेपाली बिधार्थीहरु अनुशन्धान अवधी: २०२०साल अप्रिल २२ तारिक देखी अप्रिल ३० तारिक सम्म अनुशन्धानको विधी: वेबमार्फत प्रश्नावलि द्वारा यस अनुशन्धानमा कुल सहभागीहरु:६५७जना रहेका छन्। जसमा ७७.९% पुरुष र २१.९% महिला रहेका छन्। २४.९ प्रतिशत सहभागीहरु टोकियोबाट, ११.७% फुकुओका बाट, कानागावा७.२% र ओसाका बाट ५.८% छन भने त्यसबाहेकका प्रिफेक्चरबाट ५०.५प्रतिशत रहेका छन्।

त्यसै गरी सहभागीहरुमध्ये ६५.६% बिधार्थीहरु जापान आएको ३ बर्ष भन्दा कम छन भने बाकिँ ३४.४% बिधार्थीहरु ३ बर्ष भन्दा बढि जापानमा बसिसकेको यस अनुशन्धानले देखाएको छ। जसमध्ये ५१.६% भोकेशनल कलेजमा, २५.७% विश्वबिधालयमा र ११.३%जापानी भाषा स्कुलमा अध्यनरत छन भने ११.४% अन्य शैक्षिक संस्थामा रहेका छन्। कोरोना संक्रमणले पार्ट टाइम काममा कत्तिको असर पारेको छ भनि सोधेको प्रश्नमा ४४.७%लाई काम गर्ने अवधी घटाएर काम दिएको, ३४.१%लाई काम नभएर लामो बिदामा बस्न बाध्य गराइएको र ७.८%लाई कामबाट निकालिएको पाइयो। ८६.६% नेपाली बिधार्थीहरुमा कोरोनाको कारणले आर्थीक अवस्थामा नकरात्मक प्रभाव पारेको देखिन आएको छ।

कोरोनाको त्रास बारेको प्रश्नमा ४१.४%ले आफ्नो काम सेवा प्रदान गर्ने र कस्टमर संग भेट हुने हुनाले संक्रमणको त्रास रहने बताएका छन भने ३६.५%ले काममा आँउदा जाँदा प्रयोग गरिने सार्वजानिक यातायातमा संक्रमित हुने त्रास रहिरहने बताएका छन्। बिशेषत बिधार्थीहरु कोठालिँदा साथीसंग मिलेर लिनेहुनाले सानो रुममा धेरैजना बस्ने हुनाले पनि रोग सर्ने सम्भावना बढ्ने तर्फ चिन्ता गर्नेहरु १०.४% रहेका छन्। ११.७%ले भने कुनै त्रास नरहेको बताएका छन्। आर्थिक हिसावले के कस्तो समस्या रहेको छ भन्ने प्रश्नमा २३.९% दैनिक जीवनयापन गर्ने खर्चमा अभाव हुनथालेको बताएका छन् भने २३.४%ले शिक्षण संस्थाको फिस तिर्न समस्या रहेको बताएका छन्।

त्यसैगरी माथी उल्लेखित दुवै फिस तिर्न पनि जीवन निर्वाह गर्न पनि समस्या छ भन्नेहरु ४५.८% छन्। सरसर्ति जोडेर हेर्दा ९३.१%बिधार्थीहरु आर्थिक समस्यामा परेको देखिन्छ। कोरोनाको समस्याले गर्दा आफ्नो देश फर्कन चाहनुहुन्छ भन्ने प्रश्नमा २२.४%ले फर्कन चाहेको, ३७.१%नचाहेको र ४०.५%ले के गर्ने के अन्यौलमा परिएर यसै भन्न नसकिने बताएका छन्। विश्वभरनै महामारीको रुपमा फैलिएको यस कोरोना भाइरसको कारण अहिले आफुले भोग्नु परेको आर्थीक बाहेक मुख्य समस्या चाँहि के हो भन्ने प्रश्नमा ५०.४%ले अध्यन पछिको भविष्यको चिन्ता लागेको बताएका छन्। २२.१%ले लामो बिदा भएकोले अध्यन पुरा हुने नहुनेमा चिन्ता प्रकट गरेका छन् भने २१.९%ले भिषाबारे चिन्ता गरेका छन्।

यसरी कुल ९३.४% बिधार्थीहरु कोरोनाको कारण चिन्तामा रहेको देखिन्छ। जापानमा आफुलाई चाहिने सुचना कहाँ बाट लिनुहुन्छ भन्ने प्रश्नमा ३३.८%ले नेपाली इन जापानबाट,२९.२ले सामाजिक संजाल वा अन्य पेज तथा ग्रुपबाट, १८.१%ले जापानबाट संचालित नेपाली मिडियाहरुबाट सूचना तथा जानकारी हरु लिने गरेको देखिन्छ। त्यसबाहेक जापानी संचार माध्यम वा सरकारी वेबसाइटहरु, साथीभाइ वा आफन्त र अन्य श्रोतबाट समाचार लिनेहरुको संख्याभने न्युन रहेको देखिन्छ। कोरोना भाइरसको कारणले आफुलाइ लागेको कुरा लेख्नुहोस भन्ने प्रश्नको जवाफमा आएका केहि भनाइहरु यस प्रकार रहेका छन्।

1. यस विषम परिस्थितिमा विध्यार्थी वर्ग थुप्रैसमस्या हरुबाट गुज्रीएको छ। जापान सरकारले विदेशी विध्यार्थीहरुका समस्याहरुलाई संबोधन नगरीदिनेहो भने यसपछीको विध्यार्थीहरुको अवस्था अत्यन्त कहालीलाग्दो देखिन्छ।तसर्थ यतिबेला सम्बन्धित निकाय-राजदुतावास वा गैरआवासीय नेपाली संघ)को भुमिका आवश्यक छ।

2. दैनिक जिवनयापन मा कोरोना को त्रास ले निकै असर पारेको छ। जिविकोपार्जन का लागि थोरै सिफ्ट मा काम गर्नुपर्ने अवस्था छ जसले गर्दा आर्थिक तथा मानसिक दुवै तवरले अस्तव्यस्त छ जिवन।

3. काम विदा भएकोले कसरी दैनिक जीवन चलाउने भनेर चिन्ता छ ।

4. सही सूचना कम अफ़ह धेरै भयो ।

5. अब के हुन्छ जापान मा हाम्रो भविष्य के होला काम र कलेज हरु के हुन्छ र भिजा के होला हाम्रो ।

6. कोरोना को लक्षण द्खिएको खण्डमा सबैभन्दा छिटो सुचना दिने ठाँउ र माध्यम को बारेमा भनिदिनुभयो भने आभारि हुने थिए।

7. के गर्नु ज्यानको माया सबैलाई छ, काम नगरी कसरी बस्नु अर्को महिना भाडा तिर्ने पैसा नहोला भन्ने पिर, तरपनि सक्दो सतर्कता अपनाएकी छु ।

8. हाललाई जिबन यापननै हो भने भबिस्यमा रोज़गारका क्षेत्रहरू आर्थिकमन्दीले गर्दा कटौतीभई वर्किंग भिषाको लागी कठिनाई हुने डर, यत्रो लगानी गरेर पढ़ाई सकेर बेरोज़गार हूनु पर्नेहो कि भन्ने डर ।

9. बसाइँ सरेको हुदा 20 दिन भन्दा बदि भयो काम पनि छैन येस्तै हो भने अर्को महिना बाट खान पनि गारो हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी