एजेन्सी जेष्ठ २१ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै बढिरहेको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोनाका कारण ४५ सय १६ जनाको मृत्यु भएको छ । अमेरीका र ब्राजिलमा पुनः हजार बढी मानिसको मृत्यु २४ घण्टामा भएको छ । हाल सम्म विश्वमा कोरोनाका कारण मृतकको संख्या ३ लाख ८१ हजार ७ सय बढी पुगेको छ भने संक्रमितको संख्या ६४ लाख ७३ हजार नाघेको छ । २४ घण्टामा एक लाख ९ हजार बढी संक्रमित बढेका छन् । यसै गरी निको हुनेको संख्या २९ लाख ८६ हजार पुगेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ८ हजार ५७ पुगेको छ । त्यहाँ संक्रमित १८ लाख ८० हजार ५ सय २९ पुगेको छ ।
यसै गरी ब्राजिलमा मृतकको संख्या ३१ हजार २ सय ७८ जना भने संक्रमित ५ लाख ५६ हजार ६ सय ६८ पुगेको छ ।
यसै गरी रुसमा ४ लाख २३ हजार ७ सय ४१ संक्रमित छन् भने ५ हजार ३७ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८७ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा लगातार स्पेनमा संक्रमितको मृत्यु भएको छैन ।
बेलायतमा ३९ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ भने २ लाख ७७ हजार ९ सय ८५ जना संक्रमित छन् ।
ईटालीमा ३३ हजार ५ सय ३० जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार ५ सय १५ जना संक्रमित छन् ।
भारतमा २ लाख ७ हजार १ सय ८३ जना संक्रमित छन् भने ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ ।
फ्रान्समा एक लाख ८८ हजार २ सय २० संक्रमित छन् भने २८ हजार ९ सय ४० जनाको मृत्यु भएको छ । फ्रान्समा २४ घण्टामा नयाँ संक्रमण देखा परेको छैन ।
जर्मनीमा एक लाख ८४ हजार ९१ जना संक्रमित छन् भने ८ हजार ६ सय ७४ जनाको मृत्यु भएको छ ।
पेरुमा एक लाख ७० हजार ३९ जना संक्रमित छन भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ । पेरुपमा २४ घण्टामा नयाँ संक्रमण र मृत्यु दुबै भएको छैन ।