एजेन्सी जेष्ठ २० । कोरोना संक्रमण तीव्र बन्दै गएको पाकिस्तानमा एक मन्त्रीको मृत्यु भएको छ । सिन्ध प्रान्तका एक मन्त्री गुलाम मुर्तजा बलोचको आज साँझ ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । केही दिन अघि कोरोना देखिए पछि उनी होम आईसोलेसनमा बसेका थिए । तर स्वास्थ्य विग्रिए पछि अस्पताल भर्ना गरिएको र उपचारको क्रममा उनको मृत्यु भएको हो । उनलाइई कराची स्थित एक अस्पतालमा मे २३ मा भर्ना गरिएको थियो ।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गराईदै गर्दा मृत्यु भएको हो । सिन्ध प्रान्तका मख्य मन्त्री मुराद अली शाहले मुर्तजाको मृत्युको पुष्टी गरेका छन् । उनी पिपल्स पार्टीका सिन्ध प्रान्तका अध्यक्ष समेत थिए ।
पाकिस्तानमा हाल सम्म ७८ हजार १ सय २८ संक्रमित छन् भने १६ सय ५० जनाको मृत्यु भईसकेको छ । त्यस्तै २७ हजार एक सय १० जना निको भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline