प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गर्ने ट्रम्पको घोषणा

प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गर्ने ट्रम्पको घोषणा

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं जेष्ठ २० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको हिशात्मक बिद्रोह रोक्न सेना परिचालन गर्ने धम्की दिएका छन् ।

गत सोमबार प्रहरी अधिकारीले सास फेर्न गाह्रो भयो भन्दा भन्दै पनि निरन्तर घोडाले थिचेर पासविक हत्या गरे पछि देशभर आन्दोलन चर्किएको छ । राष्ट्रपति कार्यलय अगाडी समेत प्रदर्शन भए पछि ट्रम्पले यस्तो चेतावनी जारी गरेका हुन् ।
तर पेन्टागनका रक्षा अधिकारीहरुले यसमा चिन्ता जनाएको बताईएको छ ।

टेलिभिजन मार्फत सम्बोधन गर्दै ट्रम्पले एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको टिप्पणी गरे ।

देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई उनले आह्वान समेत गरे ।

यता न्यूयोर्कमा कर्फ्यू घोषणा गरिएको छ । फ्लोइडको हत्याका कारण अमेरिकामा मात्रै नभइ केही युरोपेली देशहरूमा पनि विरोध प्रदर्शन भइरहेका छन ्।

फ्लोइडको मृत्यु अक्सिजनको कमीका कारण भएको एउटा निजी पोष्टमार्टम परीक्षणले पत्ता लगाएको छ ।

फ्लोइडको परिवारका तर्फबाट परीक्षक रहेका चिकित्सकले उनको निधन मिनियापलिसका प्रहरी अधिकारीले गर्दन र ढाडमा थिचेका कारण भएको बताएका हुन् ।

पहिला गरिएको परीक्षणमा भने अक्सिजनको कमी वा घाँटी दबाएका कारण भन्ने प्रमाण पत्ता नलागेको बताइएको थियो ।

यसपछि हत्याको विरोध र न्याय माग्दै भएको प्रदर्शनले अमेरिका अशान्त बनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ