कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार माथि, संक्रमित ६३ लाख ६१ हजार

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार माथि, संक्रमित ६३ लाख ६१ हजार

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी जेष्ठ २० । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै बढिरहेको छ । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ७७ हजार १ सय बढी पुगेको छ भने संक्रमितको संख्या ६३ लाख ६१ हजार नाघेको छ । यसै गरी निको हुनेको संख्या २९ लाख पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ६ हजार ९ सय २१ पुगेको छ । त्यहाँ संक्रमित १८ लाख ५८ हजार ९ सय ३१ पुगेको छ ।

यसै गरी ब्राजिलमा मृतकको संख्या ३० हजार ४६ जना भने संक्रमित ५ लाख २९ हजार १८ पुगेको छ ।

यसै गरी रुसमा ४ लाख १४ हजार ८ सय ५५ संक्रमित छन् भने ४ हजार ८ सय ५५ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८६ हजार ७ सय बढी संक्रमित छन् भने २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३९ हजार ४५ जनाको मृत्यु भएको छ भने २ लाख ७६ हजार ३ सय ३२ जना संक्रमित छन् ।

ईटालीमा ३३ हजार ४ सय ७५ जनाको मृत्यु भएको छ भने २ लाख ३३ हजार १ सय ९७ जना संक्रमित छन् ।

भारतमा एक लाख ९८ हजार ३ सय ७० जना संक्रमित छन् भने ५ हजार ६ सय ८ जनाको मृत्यु भएको छ ।

फ्रान्समा एक लाख ८८ हजार २ सय २० संक्रमित छन् भने २८ हजार ८ सय ३३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८३ हजार ७ सय ६५ जना संक्रमित छन् भने ८ हजार ६ सय १८ जनाको मृत्यु भएको छ ।

पेरुमा एक लाख ७० हजार ३९ जना संक्रमित छन भने ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ