अर्मेनियाका प्रधानमन्त्री र उनका सबै परिवारका सदस्य एकै पटक कोरोना संक्रमित

अर्मेनियाका प्रधानमन्त्री र उनका सबै परिवारका सदस्य एकै पटक कोरोना संक्रमित

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

एजेन्सी जेष्ठ १९ । अर्मेनियाका प्रधानमन्त्री निकोल पासीनियनलाई कोरोना संक्रमण भएको छ । साथै उनका परिवारका सदस्यहरु समेत संक्रमित भएका छन् ।
देश भित्रै एउटा सेन्य अड्डाको भ्रमणमा जानु अघि परीक्षण गर्ने क्रममा आफू संक्रमित भएको पाईएको निकोलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
उनले यस अघि आफुमा कुनै लक्षण नदेखिए पनि परीक्षण गराएको भन्दै अब होम आईसोलेसनमा बसेर काम गर्ने पनि बताएका छन् ।
उनले केही दिन अघि भएको एउटा बैठकमा वेटरले सुरक्षा उपकरण प्रयोग नगरी एक गिलास पानी दिएको स्मरण गर्दै त्यही बैठकका क्रममा संक्रमण भएको हुन सक्ने अनुमान गरेका छन् । उनलाई एक गिलास पानी दिने वेटर पछि संक्रमित पाईएको थियो । उनका परिवारका अन्य सदस्य समेत संक्रमित भएका छन् ।
३० लाख जनसंख्या भएको आर्मेनियामा ९ हजार बढी कोरोना संक्रमित पुगेका छन् भने १ सय ३० जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ