एजेन्सी जेष्ठ १८ । अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसअगाडि भएको प्रदशर्नले उग्र रूप लिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बंकरमा लगेर राखिएको खुलासा भएको छ ।
शुक्रबार राति ह्वाइटहाउस अगाडि भएको प्रदर्शनमा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि उनलाई सेक्रेट एजेन्टहरूले सुरक्षाका लागि बंकरमा लगेको खुलेको हो। आतंकवादी समूहको हमला वा आपतकालिन सेवाको लागि बनाइएको बंकरमा ट्रम्पलाई एक घन्टा राखिएको समाचार संस्था एसोसियट प्रेसले जनाएको छ।

राष्ट्रपति ट्रम्प बंकरमा गएकोबारे भने पहिलो पटक न्युयोर्क टाइम्सले लेखेको थियो।
गत सोमबार मिनिसोटा राज्यको मिनियापोलिसमा काला जातिका जर्ज फ्लोयडको ज्यान गएको थियो। प्रहरी अधिकारीले उनलाई नियन्त्रणमा लिँएर घाटीमा नमरुञ्जेल सम्म थिचेका थिए । जुन भिडियो भाईरल बने पछि अमेरीकाभर उग्र प्रदर्शन हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline