विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पछिल्लो २४ घण्टामा कमी

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्यामा पछिल्लो २४ घण्टामा कमी

  • सोमवार, जेष्ठ १९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

एजेन्सी जेष्ठ १९ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसकोा कारण मृत्यु हुनेको संख्यामा पछिल्लो २४ घण्टामा केही कमी आएको छ । २४ घण्टामा विश्वभर ३१ सय ८५ जनाको मृत्यु भएको छ । यो अघिल्लो दिनको तुलनामा कमी हो । अमेरीका ब्राजिल र युरोपेली देशहरुमा पनि औसम मृत्यु कम भएको छ । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ७३ हजार ६ सय बढी पुगेको छ भने संक्रमितको संख्या ६२ लाख ५९ हजार नाघेको छ । यसै गरी निको हुनेको संख्या २७ लाख ८५ हजार नाघेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ६ हजार १ सय ९० पुगेको छ । त्यहाँ संक्रमित १८ लाख ३७ हजार ५ सय २५ पुगेको छ ।

ब्राजिलमा मृतकको संख्या २९ हजार ३ सय १४ छ भने संक्रमित ५ लाख १४ हजार ८ सय ४९ छ ।

यसै गरी रुसमा ४ लाख ५ हजार ८ सय ४३ संक्रमित छन् भने ४ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८६ हजार ५ सय ९ संक्रमित छन् भने २७ हजार १ सय २७ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३८ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ भने २ लाख ७४ हजार ७ सय ६२ जना संक्रमित छन् ।

ईटालीमा ३३ हजार ४ सय १५ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार ९ सय ९७ जना संक्रमित छन् ।

भारतमा एक लाख ९० हजार ६ सय ९ जना संक्रमित छन् भने ५ हजार ४ सय ८ जनाको मृत्यु भएको छ ।

फ्रान्समा एक लाख ८८ हजार ८ सय ८२ संक्रमित छन् भने २८ हजार ८ सय २ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८३ हजार ४ सय ९४ जना संक्रमित छन् भने ८ हजार ६ सय ५ जनाको मृत्यु भएको छ ।

पेरुमा एक लाख ६४ हजार ४ सय ७६ जना संक्रमित छन् भने ४ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ