विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो, ६१ लाख ५० हजार संक्रमित

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ लाख ७० हजार नाघ्यो, ६१ लाख ५० हजार संक्रमित

  • आइतवार, जेष्ठ १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

एजेन्सी जेष्ठ १८ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै बढिरहेको छ । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ७० हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या ६१ लाख ५० हजार नाघेको छ । यसै गरी निको हुनेको संख्या २७ लाख २९ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ५ हजार ५ सय ५१ पुगेको छ । त्यहाँ संक्रमित १८ लाख १६ हजार ६ सय १ पुगेको छ ।

यसै गरी ब्राजिल अमेरीका पछि ठूलो दरमा मृत्यु हुने देशमा उक्लिएके छ । ब्राजिलमा मृतकको संख्या २८ हजार ८ सय ३४ छ भने संक्रमित ४ लाख ९८ हजार ४ सय ४० छ ।

यसै गरी रुसमा ३ लाख ९६ हजार ५ सय ५० संक्रमित छन् भने ४ हजार ५ सय ५५ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८६ हजार ३ सय बढी संक्रमित छन् भने २७ हजार १ सय २५ जनाको मृत्यु भएको छ ।

बेलायतमा ३८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ भने २ लाख ७२ हजार ८ सय २६ जना संक्रमित छन् ।

ईटालीमा ३३ हजार ३ सय ४० जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार ६ सय २४ जना संक्रमित छन् ।

फ्रान्समा एक लाख ८८ हजार ६ सय २५ संक्रमित छन् भने २८ हजार ७ सय ७१ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८३ हजार २ सय ९४ जना संक्रमित छन् भने ८ हजार ६ सय जनाको मृत्यु भएको छ ।

भारतमा एक लाख ८१ हजार ८ सय २७ जना संक्रमित छन् भने ५ हजार १ सय ८५ जनाको मृत्यु भएको छ ।

टर्कीमा एक लाख ६३ हजार १ सय ३ जना संक्रमित छन् भने ४ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ