विश्वभर कोरोना प्रभावित दश देशमा कति मृत्यु कति संक्रमित ? यस्तो छ पछिल्लो विवरण

विश्वभर कोरोना प्रभावित दश देशमा कति मृत्यु कति संक्रमित ? यस्तो छ पछिल्लो विवरण

  • शनिबार, जेष्ठ १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

एजेन्सी जेष्ठ १७ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै बढिरहेको छ । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ६६ हजार ४ सय बढी पुगेको छ भने संक्रमितको संख्या ६० लाख २५ हजार नाघेको छ । यसै गरी निको हुनेको संख्या २६ लाख ५५ हजार पुगेको छ ।

विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देशको विवरण अनुसार :

सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ४ हजार ५ सय ३१ पुगेको छ । त्यहाँ संक्रमित १७ लाख ९२ हजार ९ सय ९० पुगेको छ ।

यसै गरी ब्राजिल अमेरीका पछि ठूलो दरमा मृत्यु हुने देशमा उक्लिएके छ । त्याहाँ पछिल्लो २४ घण्टामा मात्रै ११ सय बढीको ज्यान गएको छ । र ब्राजिलले मृत्युसंख्यामा स्पेनलाई समेत उछिनेको छ । ब्राजिलमा मृतकको संख्या २७ हजार ९ सय ४४ छ भने संक्रमित ४ लाख ६८ हजार ३ सय ३८ छ ।

यसै गरी रुसमा ३ लाख ८७ हजार ६ सय २३ संक्रमित छन् भने ४ हजार ३ सय ७४ जनाको मृत्यु भएको छ ।

स्पेनमा कुल २ लाख ८५ हजार ६ सय बढी संक्रमित छन् भने २७ हजार १ सय २१ जनाको मृत्यु भएको छ । स्पेनमा २४ घण्टामा आज पनि २ जना मात्र मान्छेको मृत्यु भएको छ ।

बेलायतमा ३८ हजार ८१सय ६१ जनाको मृत्यु भएको छ भने २ लाख ७१ हजार २ सय २२ जना संक्रमित छन् ।

ईटालीमा ३३ हजार २ सय २९ जनाको मृत्यु भएको छ भने २ लाख ३२ हजार २ सय ४८ जना संक्रमित छन् ।

फ्रान्समा एक लाख ८६ हजार ८ सय ३५ संक्रमित छन् भने २८ हजार ७ सय १४ जनाको मृत्यु भएको छ ।

जर्मनीमा एक लाख ८३ हजार १९ जना संक्रमित छन् भने ८ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

भारतमा एक लाख ७३ हजार ३ सय ८६ जना संक्रमित छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।

टर्कीमा एक लाख ६२ हजार १ सय ९१ २० जना संक्रमित छन् भने ४ हजार ४ सय ८९ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ