विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो, मृतकको संख्या पनि ३ लाख ६१ हजार माथि

विश्वभर कोरोना संक्रमितको संख्या ५९ लाख नाघ्यो, मृतकको संख्या पनि ३ लाख ६१ हजार माथि

  • शुक्रबार, जेष्ठ १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी जेष्ठ १६ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ६१ हजार ७ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५९ लाख नाघेको छ । यसै गरी निको हुनेको संख्या २५ लाख ७७ हजार पुगेको छ ।
विश्वमा कोरोनाको संक्रमण उच्च भएका शीर्ष दश देश मध्य सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख पार भएको छ । त्याहाँ मृतकको संख्या एक लाख ३ हजार ३ सय २० जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमित १७ लाख ६८ हजार नाघेको छ ।
यसै गरी ब्राजिल अमेरीका पछि ठूलो दरमा मृत्यु हुने देशमा उक्लिएके छ । त्याहाँ पछिल्लो २४ घण्टामा मात्रै १२ सय बढीको ज्यान गएको छ । ब्राजिलमा कुल मृत्यु २६ हजार ९ सय ९१ छ भने संक्रमित ४ लाख ३८ हजार ८ सय १२ छ ।
यसै गरी रुसमा ३ लाख ७९ हजार ५१ संक्रमित छन् भने ४ हजार १ सय ४२ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८४ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय १९ जनाको मृत्यु भएको छ । स्पेनमा हाल सम्मकै सबै भन्दा कम २४ घण्टामा आज पनि एक जना मात्र मान्छेको मृत्यु भएको छ ।
बेलायतमा ३७ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ भने २ लाख ६९ हजार १ सय २७ जना संक्रमित छन् ।
ईटालीमा ३३ हजार १ सय ४२ जनाको मृत्यु भएको छ भने २ लाख ३१ हजार ७ सय ३२ जना संक्रमित छन् ।
फ्रान्समा एक लाख ८६ हजार २ सय ३८संक्रमित छन् भने २८ हजार ६ सय ६२ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८२ हजार ४ सय ५२ संक्रमित छन् भने ८ हजार ५ सय ७० जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ६५ हजार ३ सय ८६ जना संक्रमित छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।
टर्कीमा एक लाख ६० हजार ९ सय ७९ जना संक्रमित छन् भने ४ हजार ४ सय ६१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ