एजेन्सी जेष्ठ १६ । हङकङमा लामो समय चर्किएको बिरोध प्रदर्शन, विदेशी खुल्ला हस्तक्षेप जस्ता कुरालाई ध्यानमा राखेर चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन अनुमोदन गरेको छ । राष्ट्रिय जनकाँग्रेसले उक्त कानुन अनुमोदन गरे पछि अब हङकङ सरकारलाई पठाउने छ । यो कानुन अब जुन महिनाबाट लागू हुने बताईएको छ ।
यसले केन्द्रीय सरकार विरुद्ध गतिविधि गर्नेहरु माथि निगरानी र कडाई गर्ने बाटो खुल्ने छ ।
यस कानुन अनुसार चीनको बिरोध गर्नुलाई राजद्रोह मानिने छ , हङकङ भित्र चीनले सुरक्षा संयन्त्रहरुको गठन र परिचालन गर्न सक्ने छ भने चीनको राष्ट्रिय गानलाई अनादर गर्न पाईने छैन ।
खुलेआम अमेरीका सहितका पश्चिमा राष्ट्रहरुले हङकङमा खुलेआम प्रदर्शकारीहरुलाई उकास्ने, सहयोग पुर्याउने जस्ता काम गरे पछि चीनले हङकङलाई बेलायतबाट फिर्ता लिएको २१ बर्ष पछि यस्तो कडा कानुन अनुमोदन गरेको हो ।
यसैबीच चीनले ल्याएको उक्त राष्ट्रिय सुरक्षा कानुनको अमेरीकी गठबन्धनले बिरोध गरेको छ । अमेरीका, बेलायत, क्यानडा र अष्ट्रेलियाले उक्त कानुनको बिरोध गरेको हो ।
उनीहरुले हङकङ विषेश स्वतन्त्रताको जगमा फलेृफुलेको भन्दै चीनको कानुनको बिरोध गरेका छन् ।
तर चीनले उक्त विदेशी शक्तिहरुको आलोचना खारेज गर्दै हङकङ चीनको अभिन्न अंग भएको र हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिएको छ ।