कोरोनाका कारण विश्वभर ३ लाख ५६ हजार बढीको मृत्यु, अमेरीकामा मात्रै एक लाख नाघ्यो

कोरोनाका कारण विश्वभर ३ लाख ५६ हजार बढीको मृत्यु, अमेरीकामा मात्रै एक लाख नाघ्यो

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

एजेन्सी जेष्ठ १५ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५६ हजार ८ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५७ लाख ८१ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख ९२ हजार पुगेको छ ।

विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख पार भएको छ । त्याहाँ मृतकको संख्या एक लाख ३ हजार नाघेको छ । त्यहाँ संक्रमित १७ लाख ४५ हजार पुगेको छ ।
यसै गरी ब्राजिलमा कुल मृत्यु २५ हजार ५ सय ९८ छ भने संक्रमित ४ लाख ११ हजार ८ सय २१ छ ।
यसै गरी रुसमा ३ लाख ७० हजार ६ सय ८० स।क्रमित छन् भने ३ हजार ९ सय ६८ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८३ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय १८ जनाको मृत्यु भएको छ । स्पेनमा हाल सम्मकै सबै भन्दा कम २४ घण्टामा एक जना मात्र मान्छेको मृत्यु भएको छ ।
बेलायतमा ३७ हजार ४ सय ६० जनाको मृत्यु भएको छ भने २ लाख ६७ हजार २ सय ४० जना संक्रमित छन् ।
ईटालीमा ३३ हजार ७२ जनाको मृत्यु भएको छ भने २ लाख ३१ हजार १ सय ३९ जना संक्रमित छन् ।
फ्रान्समा एक लाख ८२ हजार ९ सय १३ संक्रमित छन् भने २८ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८१ हजार ८ सय ९५ संक्रमित छन् भने ८ हजार ५ सय ३३ जनाको मृत्यु भएको छ ।
टर्कीमा एक लाख ५९ हजार ७ सय ९७ जना संक्रमित छन् भने ४ हजार ४ सय ३१ जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ५८ हजार ८६ जना संक्रमित छन् भने ४ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ