३९ भियतनामी नागरिकलाई लरीमा हत्या गर्ने संदीग्ध २६ आरोपी बेल्जियम र फ्रान्सबाट पक्राउ

३९ भियतनामी नागरिकलाई लरीमा हत्या गर्ने संदीग्ध २६ आरोपी बेल्जियम र फ्रान्सबाट पक्राउ

  • बिहिबार, जेष्ठ १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

एजेन्सी जेष्ठ १५ । गत २०१९ मा ३९ जना भियतनामी नागरिकको हत्या गरेर लरीमा शब हिडाउने कार्यमा संलग्न रहेको आरोपमा बेल्जियम र फ्रान्सबाट २६ जना पक्राउ परेका छन् । उनीहरु मध्य १३ जना मोरक्को र १३ जना भियतनामी रहेको बिबिसीले जनाएको छ ।
युरोपेली एजेन्सी फर क्रिमिनल जस्टीस कोअर्डिनेसनका अनुसार क्रस बोर्डर अप्रेसनका रुपमा बेलायत, आयरल्याण्ड, फ्रान्स र बेल्जियममा उक्त अप्रेसनका क्रममा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरु तस्करहरुको एउटा सञ्जाल भएको र ती नागरिकहरुलाई मार्ने योजना गत अक्टोबरमै बनाएर उनीहरले गरेको हुन सक्ने प्रहरीको अनुमान छ । लरीका ड्राईभर मुरीस रोबिन्सन जेलमा रहेका छन् ।
१० महिला र बच्चा बच्ची समेत गरी ३९ जनालाई लरीमा हालेर निस्सासिएर उनीहरुको मृत्यु भएको बताईएको थियो । २२ अक्टोबर २०१९ मा एक युवतीले सास फेर्न गाह्रो परिरहेको भनेर परिवारलाई सन्देश पठाए पछि यस घटनाको रहस्योद्घाटन भएको थियो । उक्त लरी बेल्जियमबाट बेलायत पुगेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ