हङकङमा विदेशी हस्तक्षेप अस्वीकार्य हुने प्रमुख लामको चेतावनी

हङकङमा विदेशी हस्तक्षेप अस्वीकार्य हुने प्रमुख लामको चेतावनी

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

जेष्ठ १४ हङकङ । हङकङकी कार्यकारी प्रमुख क्यारी लामले आफ्नो भूमिमा विदेशीको हस्तक्षेप सह्य नहुने चेतावनी दिएकी छन् ।
प्रजातन्त्र पक्षधरको नाममा अमेरीकी सहयोगमा निरन्तर सरकार विरोधी प्रदर्शन हुन थाले पछि लामले यस्तो चेतावनी दिएकी हुन् ।
चीनद्वारा प्रस्तावित सुरक्षा कानुन हङकङमा आतंकवाद रोक्नका लागि ल्याईएको भन्दै उनले यसले नागरिकको स्वतन्त्रता नखोस्ने बताईन् ।

कानुनमा ‘देशद्रोह, राज्यद्रोह, विद्रोह र राज्य विध्वंस’ माथि प्रतिबन्ध लगाइने व्यवस्था गरिएको छ । लामले हङकङवासीको अधिकार र स्वतन्त्रता कटौती हुने कानुनमा कुनै व्यवस्था नरहेको बताईन् ।

कानुनको विरोध गर्दै आइतबार विश्वका १ सय ८६ जना वरिष्ठ राजनीतिज्ञहरूले संयुक्त वक्तव्य जारी गरे पछि उनको त्यो प्रतिकृया आएको हो । विज्ञप्तिमा ४४ जना बेलायती सांसद र १७ जना अमेरिकी कंग्रेसका सदस्यले हस्ताक्षर गरेका छन् ।

साप्ताहिक पत्रकार सम्मेलनका क्रममा बोल्दै लामले प्रस्तावित काुननबारे जनस्तरबाट ‘सकारात्मक प्रतिक्रिया’ आइरहेको समेत बताईन् ।
पश्चिमा देशले अनावश्यक रूपमा हङकङको आन्तरिक विषयमा चासो राखेको उनको भनाइ छ । सम्मेलनका क्रममा उनले हङकङको स्वतन्त्रता र आधारभूत मान्यता कायम राख्न आफू कटिबद्ध भएको जनाइन् । चीनीया जनकाँग्रेसले ल्याएको नयाँ कानुन आगामी जुन महिनाको अन्त्यबाट लागू हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ