अतिक्रमित नेपाली भूभाग तत्काल छोड्न माग गर्दै भारतीय दूतावासमा पोर्तुगलका नेपालीले बुझाए विरोधपत्र  

अतिक्रमित नेपाली भूभाग तत्काल छोड्न माग गर्दै भारतीय दूतावासमा पोर्तुगलका नेपालीले बुझाए विरोधपत्र  

  • बुधबार, जेष्ठ १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

भारतले नेपालको लिपुलेक, कालापानी लिम्पियाधुरा सहितको सीमा अतिक्रमण गरेको बिरोधमा देश भित्र मात्र हैन बाहिर रहेका नेपालीहरुले पनि विरोध प्रदर्शन गर्ने क्रम जारी छ ।

यसै सन्दर्भमा पोर्चुगलमा बस्ने नेपालीहरुले पनि भारतले कब्जा गरेको भूमि फिर्ता गर्न माग गर्दै प्रदर्शन र भारतीय दुतावासलाई ज्ञापन पत्र बुझाएका छन् ।

पोर्तुगलमा रहेका बिभिन्न नेपाली संघ संगठनहरुले संयुक्त रुपमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकमा भएको भारतीय अतिक्रमणको बिरोध गर्दै पोर्तुगलको लिस्बन स्थित भारतीय दुतावास मार्फत भारतीय प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बिरोध ज्ञापन पत्र बुझाएका छन।

ज्ञापन पत्रमा भारतले नेपाली भूमिबाट जाने लिपुलेक हुँदै कैलास मानसरोवरको लिंक सडकको निर्माण र उद्घाटनको  समाचारले पोर्तुगल स्थित विभिन्न संघ संगठनहरुको गम्भीर चिन्ता र विरोध व्यक्त गरिएको छ।

उक्त अतिक्रमित भूभाग नेपालको रहेको एेतिहासिक प्रमाण हुदा हुदै पनि भारतको बल मिच्याइ गरेको छ । यसप्रकारको कदमलाइ नेपाली जनताले विस्तारवादी कार्यको रूपमा लिएका छन । त्यसकारण भारतीय अतिक्रमण कार्य प्रति कडा शब्दमा निन्दा गर्दै उत्त क्षेत्रबाट तुरुन्तै आफ्नो सुरक्षा बल फिर्ता लिन र दुई देश बीचको ऐतिहासिक सम्झौता बमोजिम सीमा नीति कायम गर्ने माग गरिएको छ।

२४ मईका दिन लिस्बन स्थित भारतीय दूतावास मार्फत पठाईएको बिरोध ज्ञापन पत्रमा गैर आवासिय नेपाली संघ पोर्तुगलका अध्यक्ष तिलक गैरे, प्रवासी नेपाली एकता मञ्च, पोर्तुगलका अध्यक्ष गोविन्द पौडेल, सचिव डोलराज भण्डारी, नेपाली जनसम्पर्क समिती पोर्तुगलका कार्यवाहक अध्यक्ष नविन आचार्य, जनजाती महासंघ पोर्तुगलका अध्यक्ष हेम गुरूङ्ग, नपाली समाज पोर्तुगलका अध्यक्ष सोमफुरि शेर्पा नेपाली, जनप्रगतिशिल मोर्चा पोर्तुगलका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा, प्रवासी नेपाली एकता समाज पोर्तुगलका अध्यक्ष गोमनाथ सुवेदी, उत्पीडित जातीया समाज (Nops) पोर्तुगलका कार्यवाहक अध्यक्ष कुमार सुनार, नारी समाज पोर्तुगलकी अध्यक्ष जयकला राइ, महिला समाज पोर्तुगलकी अध्यक्ष निर्मला ढकाल खराल लगाएत विभिन्न जातिय, क्षेत्रीय साहित्य समाजले हस्ताक्षर गरेका छन। विरोध कार्यक्रमको संयोजन नेपाली जनप्रगतिशील मोर्चाले गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी