एजेन्सी जेष्ठ १४ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ५१ हजार ६ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५६ लाख ७७ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २४ लाख २६ हजारपुगेको छ ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या एक लाख ५ सय नाघेको छ । त्यहाँ संक्रमित १७ लाख २५ हजार पुगेको छ ।
यसै गरी ब्राजिलमा कुल मृत्यु २४ हजार ५ सय ४९ छ भने संक्रमित ३ लाख९२ हजार ३ सय ६० छ ।
यसै गरी रुसमा ३ लाख ६२ हजार ३ सय ६२ स।क्रमित छन् भने ३ हजार ८ सय ७ जनाको मृत्यु भएको छ ।
स्पेनमा कुल २ लाख ८३ हजार बढी संक्रमित छन् भने २७ हजार १ सय १७ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३७ हजार ४८ जनाको मृत्यु भएको छ भने २ लाख ६५ हजार २ सय २७ जना संक्रमित छन् ।
ईटालीमा ३२ हजार ९ सय ५५ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार ५ सय ५५ जना संक्रमित छन् ।
फ्रान्समा एक लाख ८२ हजार ७ सय २२ संक्रमित छन् भने २८ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।
जर्मनीमा एक लाख ८१ हजार २ सय ८८ संक्रमित छन् भने ८ हजार ४ सय ९८ जनाको मृत्यु भएको छ ।
टर्कीमा एक लाख ५८ हजार ७ सय ६२ जना संक्रमित छन् भने ४ हजार ३ सय ९७ जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ५० हजार हजार ७ सय ९३ जना संक्रमित छन् भने ४ हजार ३ सय ४४ जनाको मृत्यु भएको छ ।