कोरोनाका कारण विश्वभर ५५ लाख ८२ हजार संक्रमित, ३ लाख ४७ हजार बढीको मृत्यु

कोरोनाका कारण विश्वभर ५५ लाख ८२ हजार संक्रमित, ३ लाख ४७ हजार बढीको मृत्यु

  • मङ्लबार, जेष्ठ १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी जेष्ठ १३ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ४७ हजार ५ सय बढी पुगेको छ भने संक्रमितको संख्या ५५ लाख ८२ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २३ लाख ६१ हजारपुगेको छ ।
पछिल्लो २४ घण्टामा तुलनात्मक रुपले कम मृत्यु भएको छ ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा मृतकको संख्या ९९ हजार ८ सय भन्दा बढी छ । कुल संक्रमित १७ लाख ५ हजार भन्दा बढी पुगेको छ ।
यसै गरी ब्राजिलमा कुल मृत्यु २३ हजार ४ सय ७३ छ भने संक्रमित ३ लाख ७४ हजार ८ सय ९८ छ ।
यसै गरी रुसमा ३ लाख ५३ हजार ४ सय २७ स.क्रमित छन् भने ३ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
स्पेनमा नयाँ संक्रमण र नयाँ मृत्युको कुनै रेकर्ड देखिएको छैन । त्यहाँ कुल २ लाख ८२ हजार बढी संक्रमित छन् भने २६ हजार ८ सय ३७ जनाको मृत्यु भएको छ ।
बेलायतमा ३६ हजार ९ सय १४ जनाको मृत्यु भएको छ भने २ लाख ६१ हजार १ सय ८४ जना संक्रमित छन् ।
ईटालीमा ३२ हजार ८ सय ७७ जनाको मृत्यु भएको छ भने २ लाख ३० हजार एक सय ५८ जना संक्रमित छन् ।
जर्मनीमा एक लाख ८० हजार ७ सय ८९ संक्रमित छन् भने ८ हजार ४ सय २८ जनाको मृत्यु भएको छ ।
टर्कीमा एक लाख ५७ हजार ८ सय १४ जना संक्रमित छन् भने ४ हजार ३ सय ६९ जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ४४ हजार ९ सय ५० जना संक्रमित छन् भने ४ हजार १ सय ७२ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ