कोरोनाः पछिल्लो २४ घण्टामा विश्वमा तुलनात्मक रुपले मृत्यु संख्यामा कमी

कोरोनाः पछिल्लो २४ घण्टामा विश्वमा तुलनात्मक रुपले मृत्यु संख्यामा कमी

  • सोमवार, जेष्ठ १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

एजेन्सी जेष्ठ १२ । विश्भर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कहर अझै रोकिएको छैन । हाल सम्म विश्वमा कोरोना कारण मृतकको संख्या ३ लाख ४६ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या ५४ लाख ९१ हजार पुगेको छ । यसै गरी निको हुनेको संख्या २३ लाख नजिक पुगेको छ ।
तर पछिल्लो २४ घण्टामा अन्य दिनको तुलनामा कम मृत्यु भएको छ । अमेरीकामा पछिल्लो २४ घण्टामा ५ सय ९५ जनाको मृत्यु भएको छ । यो सगँै अमेरीकामा मृतकको संख्या एक लाख नजिक पुग्दै छ । पछिल्लो बिबरण अनुसार त्याहाँ ९९ हजार २ सय ७८ जना कुल मृतकको संख्या पुगेको छ । कुल संक्रमित १६ लाख ८४ हजार भन्दा बढी पुगेको छ ।
यसै गरी ब्राजिलमा पछिल्लो २४ घण्टामा ६ सय ५३ जनाको मृत्यु भएको छ । जुन अघिल्लो दिनको तुलनामा निकै कमी हो । त्यहाँ कुल मृत्यु २२ हजार माथि छ भने संक्रमित ३ लाख ६३ हजार भन्दा बढी छ ।
स्पेन, ईटाली, फ्रान्स, जर्मनीमा एक सय भन्दा कम मृत्यु भएको छ पछिल्लो २४ घण्टामा । बेलायतमा एक सय १८ जनाको मृत्यु भएको छ गत २४ घण्टामा भने रुसमा एक सय ५६ जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा २४ घण्टामा एक सय ५६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ