जेष्ठ १२ एजेन्सी । दक्षिण एशियाली मुलुक भारतमा कोरोनाको गति निरिन्तर बढ्दै छ । भारतले चीन पछि ईटालीसगैँ ठूलो संक्रमण र मृत्युको सामना गरेको ईरानलाई उछिनेर कोरोना संक्रमित शीर्ष १० देश भित्र उक्लिएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै सबै भन्दा धेरै ७ हजार १ सय १३ जना संक्रमित थपिएर कुल संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने मृतकको संख्या ४ हजार २४ पुगेको छ ।
जब कि ईरानको संक्रमित एक लाख ३५ हजार ७ सय १ छ भने ७ हजार चार सय १७ जनाको मृत्यु भएको छ ।
अमेरीका, ब्राजिल, रसिया, स्पेन, ईटाली, फ्रान्स, बेलायत , जर्मनी र टर्की पछि भारत शीर्ष १० औं नम्बरमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline