विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नजिक, मृतक ३ लाख ४३ हजार नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नजिक, मृतक ३ लाख ४३ हजार नाघ्यो

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

एजेन्सी जेष्ठ ११ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण संक्रमित हुनेको संख्या ५४ लाख नजिक पुगेको छ । करीब ५३ लाख ९७ हजार मानिस संक्रमित भएका छन् ।
यस्तै कुल मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ५ सय भन्दा बढी छ । यसै गरी कोरोनाबाट निको भएर घर फर्कनेको संख्या पनि २२ लाख २४ हजार नाघेको छ ।
विश्वमा सबै भन्दा धेरै अमेरीकामा संक्रमितको संख्या १६ लाख ६६ हजार नाघेको छ भने मृतकको संख्या ९८ हजार ६ सय ७३ पुगेको छ ।
यसै गरी ब्राजिलमा ३ लाख ४७ हजार ३ सय ९८ संक्रमित छन् भने मृतकको संख्या २२ हजार १३ पुगेको छ ।
रुसमा संक्रमितको संख्या ३ लाख ३५ हजार ८ सय ८२ पुगेको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ८३ हजार ३ सय ७० संक्रमित छन् भने २८ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ५७ हजार १ सय ५४ जना संक्रमित छन् भने मृतकको संख्या ३६ हजार ६ सय ७५ पुगेको छ ।
ईटालीमा संक्रमितको संख्या २ लाख २९ हजार ३ सय २७ संक्रमित छन् भने ३२ हजार ७ सय ३५ जनाको मृत्यु भएको छ ।
फ्रान्समा एक लाख ८२ हजार ४ सय ६९ जना संक्रमित छन् भने २८ हजार तीन सय ३२ जनाको मृत्यु भएको छ ।
भारतमा एक लाख ३१ हजार ४ सय २३ जना संक्रमित भएका छन् भने ३ हजार ८ सय ६८ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ