हेलचेक्रयाईले गर्दा ब्राजिल कोरोना महामारीको अमेरीकापछिको केन्द्र बन्ने खतरा बढ्यो

हेलचेक्रयाईले गर्दा ब्राजिल कोरोना महामारीको अमेरीकापछिको केन्द्र बन्ने खतरा बढ्यो

  • आइतवार, जेष्ठ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

जेष्ठ ११ एजेन्सी । शुरुमा राष्ट्रपति जयर बोल्सेनारोले कोरोना लाई सामान्य फ्लु जस्तै हो , केही मान्छे मर्छन भन्दै कमजोर आकंलन गर्दा अहिले ब्राजिल कोरोनाको अमेरीका पछिकै ठूलो केन्द्र बन्न पुगेको छ ।
दैनिक संक्रमण अमेरीका पछि सबै भन्दा धेरै ब्राजिलमा हुन थालेको छ । ब्राजिलमा ३ लाख ४७ हजार बढी संक्रमित पुगेका छन् भने २२ हजार बढीको मृत्यु भएको छ । दैनिक एक हजार हाराहारीमा मृत्यु हुन थालेको छ कोरोनाले ।
अस्पतालहरुमा निकै ठूलो समस्या आउन थालेको छ । शब व्यवस्थापनमा उस्तै समस्या बढीरहेको बताईएको छ ।
राष्ट्रपति बोल्सेनारोले सामान्य फ्लुको संज्ञा दिएरु बजार, व्यवशाय, उद्योग पुनः सुचारु गर्न आव्हान गरे पछि सामाजिक दुरी कायम नभए पछि ब्राजिलमा अचानक कोरोनाले उग्र रुप लिन पुग्यो ।

"Cases can be tough," says Renata Alves, a volunteer health worker with the G10 Favela aid group.
कोरोना बढ्दै गर्दा राष्ट्रपतिले स्वास्थ्य मन्त्रीलाई हटाए, त्यस पछि फेरी नियुक्त भएका अर्का स्वास्थ्य मन्त्रीले पनि राजीनामा दिईसकेका छन् । चिकित्सकहरुलाई सुरक्षासामाग्रिको अभाव रहेको पनि गुनासो बढेको छ ।
यस अघि तीब्र गतिमा संक्रमित बृद्धि भएर दोस्रो स्थानमा उक्लिएको रुसलाई ब्राजिलले उछिनेको छ ।
चीन पछि ईटाली कोरोनाको केन्द्र बन्दै गर्दा विस्तारै शुरु भएको अमेरीका अन्नततः विश्वकै ठूलो केन्द्र बन्यो । ईटालीलाई बेलायतले समेत मृत्युसंख्यामा उछिन्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ