भारतीय क्वारेन्टाईनमा एक जना नेपालीको मृत्यु

भारतीय क्वारेन्टाईनमा एक जना नेपालीको मृत्यु

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

जेष्ठ १० कन्चनपुर । भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।
रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी कलेजको क्वारेन्टिनमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिनु भयो ।

यही जेठ ५ गतेदेखि क्वारेन्टिनमा रहनुभएका थापालाई हर्नियाको समस्या रहेको तथा शरीरका विभिन्न भाग सुन्निएकाले शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारपछि पुनः क्वारेन्टिनमा ल्याइएको नेपाल भारत सीमा स्थित बेलहिया प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताउनुभयो । पैदलै हिडेर घर पुग्ने र उपचार गर्ने सपना बोकेर आएका उनी घर के देशको सिमा भित्र समेत छिर्न नपाई प्राण त्याग्न बाध्य भएका छन् ।

उहाँका अनुसार थापा अलिगढबाट आफ्ना भिनाजुसँगै पैदल हिँडेर स्वदेश फर्किनेक्रममा सीमासम्म आइपुग्नुभएको थियो । शव परीक्षणका लागि महाराजगञ्ज अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

भारतीय क्वारेन्टाईनमा बसाई, खानपिन र उपचारको अभावका कारण धेरै नेपाली निकै जोखिममा परेकै कारण हिडेरै भए पनि स्वदेश आउन थालेका छन् ।

––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी