एजेन्सी जेष्ठ १० । चीनले विश्वमै पहिलो पटक एकै दिन १४ लाख ७० हजार ९ सय ५० जनाको कोरोना परीक्षण केवल एक दिनमा गरेको छ । कोरोना देखा परेको वुहानमा एक करोड १० लाख मानिसलाई परीक्षण गर्ने यस अघि धोषणा चीनले गरेको थियो ।
यति धेरै मानिसको परीक्षण गर्दा पनि चीनमा नयाँ कोरोना संक्रमित फेला परेनन् । डिसेम्बर २०१९ बाट देखिएको कोरोनाले चीनमा ८४ हजार संक्रमित थिए भने ४६ सय ३४ जनाको मृत्यु भएको थियो ।
विशाल भूभोग र जनसंख्या हुनुका बाबजुद चीनले कोरोना वुहान बाहेकका शहरमा फलैन रोक्न सफल भएको थियो । त्यसका लागि उसले कडा लकडाउन र तीव्र परीक्षण एवं स्वास्थ्य उपचारको व्यवस्था नै मानिन्थ्यो ।
नेपालको तुलना गर्ने हो भने पिसिआरबाट केबल आजको मिति सम्म ४६ हजार भन्दा पनि कम परीक्षण भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline