एजेन्सी जेष्ठ १० । चिलीमा गरीब जनताले खान नपाएको भन्दै खाने कुरा सहायता गर्न माग गर्दे प्रदर्शन चर्किएको छ । लकडाउन पछि अझ गरीबहरुको जीवन खतरामा परेको भन्दै चिलीको राजधानी रान्टियागो नजिकैको चिलेन शहरमा “ जनता गरीब, बिद्रोही र विध्वंसक छन” । सडकमा हेर भन्ने ब्यानर समेत राखेर उनीहरुले प्रदर्शन गरेका छन् ।
सडक कब्जा गरेर बसेका प्रदर्शनकारी माथि प्रहरीले अश्रू ग्यास र पानीको फोहोरा हान्न थाले पछि एक प्रदर्शनकारीले गोली चलाउदा प्रहरी अधिकारीको पाखुरामा लागेको समाचार संस्थाहरुले जनाएका छन् ।
मार्चदेखि लकडाउन गर्दा अझ जनताले खान नपाएको भन्दै उनीहरु सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline