कोरोनाबाट बच्न ट्रम्पले जुन औषधी खाईरहेका छन्, त्यसैबाट धेरै संक्रमितमा मृत्युको खतरा बढी !

कोरोनाबाट बच्न ट्रम्पले जुन औषधी खाईरहेका छन्, त्यसैबाट धेरै संक्रमितमा मृत्युको खतरा बढी !

  • शनिबार, जेष्ठ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

एजेन्सी जेष्ठ १० । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्न मलेरियाको दवाई हाइड्रोक्सिक्लोरोक्विन लिईरेको बताएका थिए । विज्ञान सम्बन्धि पत्रिका लैसैन्टले हालै एक अनुसन्धान रिपोर्ट प्रकाशित गर्दै जुन संक्रमितलाई हाइड्रोक्सिक्लोरोक्विन दिईएको छ उनीहरुमा मृत्युको बढी खतरा रहेको औल्याएको छ ।
अध्ययन अनुसार मलेरियाको यस दबाईले कोरोनाको उपचारमा कुनै फाईदा पुगेको छैन । ट्रम्पले कोरोना रोक्न मलेरियाको यही औषधी खार्ईहेको र प्रोत्साहित समेत गरेका बेला स्वास्थ्य अधिकारीले दिएको चेतावनीको ट्रम्पले वेवास्ता गर्दै आएका थिए ।
लेसेन्टले ९६ हजार संक्रमितमा यो अनुसन्धान गरेको थियो । त्यस मध्य १५ हजार लाई हाइड्रोक्सिक्लोरोक्विन दिईएको थियो । त्यस मध्य यी दबाई नदिईएको बिरामीको कम मृत्यु भएको थियो भने यसको प्रयोग भएका बिरामीको बढी मृत्यु भएको थियो , रिपोर्टमा लेखिएको छ । यसले सबै बढी असर मुटुमा पुर्याउने पनि चेतावनी दिईएको छ ।
अनुसन्धान गरिएका मध्य कुल मृत्यु भएकामा हाइड्रोक्सिक्लोरोक्विन दिईएका मध्य १८ प्रतिशतको मृत्यु भएको थियो भने क्लोरिन दिएका बिरामीको १६. ४ प्रतिशत बिरामीको मृत्यु भएको थियो । तर यी दुबै औषधी नदिएका अन्य विरामी मध्य ९ प्रतिशतको मात्रै मृत्यु भएको थियो ।
क्लिनिकल ट्रायलबाट बाहिर यसलाई ल्याउन नहुने अनुसन्धानले सुझाव पनि दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ